बलिउड स्टारद्धय ऋतिक रोशन र कैटरिना कैफ अभिनित फिल्म ‘बैंग बैंग’ले प्रदर्शनको तीन दिनमा ७१ करोड भन्दा बढी कलेक्सन गरेको रिपोर्ट आएको छ । रिलिजको पहिलो दिनमा नै शानदार ओपनिङ गरेको फिल्मले अब केहि दिनमा नै सय करोड पार गर्ने र छोटो समयमै सय करोड क्लबमा प्रवेश गर्ने फिल्मको रेकर्ड बनाउने फिल्मकर्मीहरुको अनुमान छ ।
फिल्मले रिलिजको पहिलो दिन बिहिबार २७.५४ करोड कलेक्सन गरेको थियो । त्यस्तै शुक्रबार २४.०८ करोड र शनिबार करिब २० करोडको ब्यापार गरेको हो । यहि अनुपातमा फिल्मले ब्यापार गरेमा चार दिनमा नै फिल्मले सय करोड पार गर्ने देखिएको छ । जसका लागी फिल्मले आइतबार करिब ३० करोड बढीको कलेक्सन गर्नुपर्नेछ । आइतबारको कलेक्सन सार्वजनिक नभइसके तापनि अन्य दिनको तुलनामा अधिक दर्शक चाप रहेको र उच्च कलेक्सन गरेको प्रारम्भिक रिपोर्ट आइसकेको छ । आइतबार फिल्मले पकिस्तानको मुख्य शहरहरुमा पनि उच्च कलेक्सन गरेको छ ।
फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन । क्रिस ३ पछि ऋतिक रोशनको प्रतिक्षित फिल्म भएकाले पनि ‘बैंग बैंग’ हेर्ने दर्शकको चाप बढेको हो ।
यता नेपाली पर्दामा पनि फिल्मले शानदार कलेक्सन गरिरहेको छ ।
तीन दिनमा ‘बैंग बैंग’ ले कति कमायो ?
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses