सावित्री’ को पोस्टरमाथि राम गोपाल बर्मालाइ नोटिस (पोस्टर सहित


मुम्बइ, बलिउडका राम गोपाल वर्मा फेरी एक पटक विवादमा घेरिएका छन । यस पटकको विवादको कारण भने उनको नयाँ फिल्म ‘सावित्री’ को पोस्टर हो । यस दक्षिण भारतीय फिल्मको कथा एक टीनेजरको कथामा आधारित छ । यसै कुरालाइ ध्यानमा राख्दै रामूले आफ्नो फिल्म का तीन वटा जुन पोस्टरहरू रिलीज गरेका छन, जसमा १३ बर्षीय एक किशोर एक महिलाको शरिरको केही भागहरूलाइ नियालिरहेको देखाइएको छ । हैदराबादमा स्टेट कमिशन फर प्रोटेक्शन अफ चाइल्ड राइट्सले यस कुरामा आपत्ति जनाउँदै राम गोपाल वर्मालाइ नोटिस पठाएर यसको जवाफ मागेको छ ।
 आयोगका अनुसरा यस पोस्टरमा जसरी एक नाबालकलाइ देखाइएको छ, त्यो अश्लील छ र चाइल्ड राइट्सको उल्लंघन पनि हो । चाइल्ड राइट्स अन्तर्गत कुनैपनि नाबालकलाइ यस्ता कुनैपनि अश्लील कार्यमा सहभागी गर्नु आईपीसीको धारा २९२को उप धारा १ र २ अन्तर्गत अपराध मानिएको छ, जस अन्तर्गत ५ वा त्यो भन्दा धेरै बर्ष जेल हुन सक्ने बताइएको छ ।
 यस अघि रामूले आफ्नो फिल्मका लागी भनेका थिए कि हरेक नाबाकलको आफ्नी ‘सावित्री’ हुन्छन । उनी उसको टीचर, छिमेकी वा बहिनीकी साथी हुन सक्दछिन । यस अभिव्यक्ति पछि पनि आयोग रिसाएको थियो । अहिले जारी फिल्मका पोष्टरहरू यस्ता रहेका छन ।





,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.