सलमानले दिए २५ करोड ६० लाखको फ्ल्याट दाइजो (फोटो फिचर)

बलिउडमा बहुप्रतिक्षित सलमान खानकी बहिनी अर्पिता खानको विवाह सम्पन्न भएको छ । अर्पिताको उनका प्रेमी आयुष शर्मासँग विवाह भएको हो ।
सलमानकी बहिनीको विवाहका लागि हैदरावादको पलकनुनमा होटलमा बलिउडका सेलिब्रेटीहरुको भिड थियो ।

arpita marriage pics

arpita marriage pics 1

सलमान खान र उनका पिता सलीम खानले अर्पिताको कन्यादान गरे । सलमान खानसँगै करन जौहर, कबीर खान लगायतका प्रतिष्ठित सेलिब्रेटी पनि उपस्थित थिए ।

त्यसैगरी सलमानकी पूर्व प्रेमिका क्याट्रिना कैफ, आमिर खान उनकी पत्नि किरण राव, प्रियंका चोपडा लगायतका सेलिब्रेटीहरु पनि विवाह समारोहमा उपस्थित थिए । 
arpita marriage pics 1   arpita marriage pics 1 arpita marriage pics 1

२५ करोड ६० लाखको फ्ल्याट दाइजो
सलमान खानले मुम्बइमा रहेको ३ बेडरुम सहितको एक महंगो फ्ल्याट बहिनीलाई उपहार दिएका छन् । विवाहमा दाइजोस्वरुप सलमानले २५ करोड ६० लाख पर्ने फ्ल्याट दाइजो दिएका हुन् ।
arpita marriage pics 1
सलमानले आफ्नो घर ग्यालेक्सी अपार्टमेन्ट देखि केवल ५ मिनेटको दुरीमा बहिनी अर्पितालाई फ्ल्याट दाइजो दिएका हुन् ।
arpita marriage pics 1


www.nepaliheadlines.com/2014-11-19-06-45-26.html#sthash.Ra4KQKkR.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.