मोबाइल माग्दा तीन वर्षीय बालकको काटियो गुप्ताङ्ग



आजकालका बच्चाहरु निकै फरवार्ड छन् । अहिलेको युग प्रविधिको युग भएको कारणले पनि हुनसक्छ, बच्चाहरु निकै सानो उमेरदेखि नै ल्यापटप, ट्याबलेटजस्ता उच्च प्रविधियुक्त सामग्रीहरु निकै सहज रुपमा चलाउने गर्दछन् । साधारण परिवारको बच्चाले पनि मोबाइलमा गेम खेल्नु सामान्य भइसकेको छ । आफ्नो आमा–बुवा, दाजु, भाइ, हजुरबुवा, हजुरआमा, जसले मोबाइल चलाइरहेका छन्, उनीहरुसँग मोबाइल मागेर गेम खेल्न बालकहरु पछि पर्दैनन् । मोबाइल नदिँदा उनीहरुले रोएर दुखसमेत दिने गर्दछन् । तर, भर्खरै एउटा यस्तो घटना सार्वजनिक भएको छ जसमा एउटा बच्चाले आफ्नी आन्टीसँग मोबाइल माग्दा आफ्नो गुप्ताङ्ग नै गुमाउनु परेको छ ।

                     demanding mobile1

यो घटना मध्य चीनको एउटा शहरमा भएको हो जहाँ शु पान नामकी ३७ वर्षीय महिलाले बच्चामाथि त्यतिबेला हमला गरिन् जब उनकी आमा घरभन्दा बाहिर छिमेकीकोमा गएकी थिइन् । पुलिसका अनुसार शु ट्वाइलेटमा बसेर आफ्नो प्रेमीलाई मेसेज गरिरहेकी थिइन् त्यतिबेला नै तीन वर्षका बालक उनको अगाडि आएर उनीसँग गेम खेल्नका लागि मोबाइल माग्न थाले । मोबाइल दिनु सट्टा उनी रिसाउँदै किचनमा गइन् र त्यहाँबाट चक्कु ल्याएर ती बालकको गुप्ताङ्ग नै काटिदिइन् । घटनालगत्तै घाइते बच्चालाई त्यहि छोडेर शु त्यहाँबाट भागिन् ।


एक अंग्रेजी वेभसाइटका अनुसार, बच्चाको आमा जब घरमा फर्किन् तब त्यहाँको दृश्य देखेर भावविह्वल भइन् । ती बालकको रगत निकै बगेका कारण बेहोस भइसकेका थिए । उनले तत्काल छोरालाई अस्पताल पुर्याइन् जहाँ डाक्टरहरुले उनको गुप्ताङ्ग जोडिदिए र ठूलो अस्पतालमा भर्ना गर्नका लागि बेइजिङ रिफर गरिदिए । अस्पतालका प्रवक्ताका अनुसार चक्कु धेरै धारिलो नभएका कारण गुप्ताङ्गलाई दोस्रोपटक जोड्न सफल भएको बताए ।
                 demanding mobile2

अहिले ती बालकको उपचार चलिरहेको छ । अहिलेसम्म उनको तीन पटक सफल शल्यक्रिया भइसकेको छ । उनी अघिल्लो तीन महिनासम्म पूरै स्वस्थ हुने आशा गरिएको छ । पुलिसका अनुसार आरोपी महिला पक्राउ परिसकेकी छिन् । उनले आफ्नो आरोप पनि स्विकार गरिसकेकी छिन् । यसका लागि उनलाई पाँच वर्षको लागि जेल सजायँ सुनाइएको छ । (एजेन्सी)

www.ratopati.com/2014/11/19/183546.html#sthash.ZsxvJD5V.Ur0qyPxm.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.