श्रीमतीको हत्या गरी आफैंमाथि खुकुरी प्रहार
मोरङको उर्लाबारीमा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। शुक्रबार साँझ ६ बजेर ५० मिनेट जाँदा उर्लाबारी-२ मा सब्जी ब्यापारी गर्ने
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले दिएको जानकारी अनुसार खुकुरी प्रहारबाट देविमायाँको घाँटी काटिएको र घटनास्थलमै ज्यान गएको हो।
देवीमायाँको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र उर्लाबारी लगिएको छ।
श्रीमान श्रीमती उर्लाबारी-२ को सिसौली भन्ने ठाउँमा बस्दै आएका थिए। प्रत्यक्षदर्शीका अनुसार उनीहरू दिउँसैदेखि विवाद गर्दै आएका थिए। श्रीमतीको हत्या गरेपछि केशवले आफूलाई पनि पेटमा खुकुरी हानेका थिए। आफैले हानेको खुकुरीले गम्भीर घाईते केशवलाई अहिले थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको प्रहरीले जनाएको छ।
0 comments
Write Down Your Responses