आज घटबढ भएन सुनको भाउ

 साताको पहिलो दिन आज सुनको भाउमा कुनै घटबढ भएको छैन।

ओर्लिदो क्रममा रहेको सुनको भाउ गत साता मात्रै तोलामा १२ सयले घटेको थियो। आज सुनको मूल्य तोलामा ४९ हजार ५ सय रुपैयाँ नै कायम भएको छ।


त्यस्तै चाँदीको मूल्य तोलामा ६ सय ७० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनको कारोवारमा पनि चाँदीको मूल्य तोलामा ६ सय ७० रुपैयाँ थियो।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.