भीआइपीलाई नयाँ सुरक्षाको तयारी, पूर्वराजालार्इ कुनै सुविधा छैन



काठमाडौ, १३ मंसिर । सरकारले ‘भगवान भरोसा’ चल्दै आएको विशिष्ट व्यक्तिहरू(भिभिआइपी)को सुरक्षा व्यवस्थालाई सुदृढ र समयानुकूल बनाउने तयारी गरेको छ । गृहमन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धि विधेयक संसदमा दर्ता गराएको छ। विधेयकमा विशिष्ट व्यक्तिको विशिष्टताको आधारमा वर्गीकरण पनि गरिएको छ ।

जसमा अति विशिष्ट, विशिष्ट, मध्यम र सामान्य गरी चार स्तरमा विशिष्ट व्यक्तिहरुलाई वर्गीकरण गरिएको छ । अहिलेसम्म भिभिअाइपी/भिआइपीहरुको सुरक्षा व्यवस्थापनसम्बन्धी कुनै कानुन थिएन । अतिविशिष्ट बहालवाला राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, विशिष्ट स्तरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्री, व्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, सर्वाेच्चका न्यायाधीश र राज्यमन्त्री छन्।

 त्यस्तै मध्यमस्तरमा पूर्वन्यायाधीश, सहायकमन्त्री, संवैधानिक निकायका प्रमुख, मुख्यसचिब, पुनरावेदन अदालतका मुख्य न्यायाधीश, र संविधानसभाका पूर्वअध्यक्ष वा पूर्वसभामुख छन्। तर, विधेयकमा पूर्वराजालाई भने विशिष्ट व्यक्तिको सूचीमा राखिएको छैन। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, न्यायाधीशहरूलाई अवकाशपछि पनि सुरक्षााको प्रबन्ध मिलाउने विधेयकमा प्रस्ताव छ । तर, पूर्वराजाको विषयमा विधेयक मौन छ। नयाँ पत्रिका दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.