‘छोरा नपाएको झोकमा गर्भवती पत्नीको घाँटी रेटेर हत्या’





नयाँ दिल्ली । भारतको महाराष्ट्रको सोलापुर जिल्लामा एक पतिको घाँटी रेटेर हत्या गरेका छन् । प्रहरीका अनुसार उक्त महिलाले पटक पटक गरी पाँच वटा छोरी पाएपछि उनको पति उनीसँग क्रुद्ध थिए । बाजीराव दामोदर वाघमारे नाम भएको उक्त व्यक्ति पत्नीले पछिल्लो पटक छोरा पाउने आशामा थिए ।

तर पत्नीले छोरी जन्माएपछि उनी निराश थिए । घटना बुधबार मंगलवेढा ताुलकाको बोराले गाउँमा भएको हो र बाजीरावलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । प्रहरीका अनुसार उसले आफ्नो अपराध स्वीकार गरिसकेको छ ।

प्रहरी निरिक्षक दिलीप पाटिलका अनुसार बाजीराव र राणीको विवाह २००४ मा भएको थियो । विवाहपछि उनीहरुको पाँच छोरी जन्मिएका थिए भने राणी छैटौंपटक गर्भवती भएकी थिइन् ।

छैटौंपटक गर्भवती भएकी पत्नीलाई बाजीरावले अल्ट्रा साउण्ड गराउँदा गर्भमा फेरि छोरी रहेको थाहा पाएपछि रिसले चुर भएका उनले पत्नीको शिरलाई शरीरबाट छुट्याएका थिए । बिबिसी हिन्दी सेवाबाट

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.