नाङ्गो सुत्नाले वैवाहिक जीवनमा कस्तो प्रभाब पार्छ !! जानकारी

(एजेन्सी)– कुनै पनि सम्बन्ध राम्रो बनाउनका लागि त्यसको श्रेय धेरै कुराहरुलाई जाने गर्दछ । अझ श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो बनाउन धेरै कुराको ध्यान पुराउनु जरुरी छ । तर कतिपय अवस्थामा यस्ता कुराहरु पनि हुन्छन् जसलाई तपाईंले कहिले सोच्नु पनि भएको हुँदैन । सानो–ठूलो जे भएपनि यस्ता कुराहरुले सम्बन्धमा निकै सकारात्मक असर पुराउने गर्दछ । भर्खरै गरिएको एक अनुसन्धाका अनुसार यदि तपाईं राती आफ्नो पार्टनरसँग नाङ्गो शरिर लिएर सुत्नुहुन्छ भने तपाईंको सम्बन्ध अझ राम्रो हुनेछ । विवाह nude-sleepगरिसकेपछि यदि तपाईं हरेक रात यस्तो गर्नुहुन्छ भने तपाईंले अरु साधारण दिनहरुभन्दा त्यो दिन विशेष महसुस गर्नुहुनेछ । राती लुगा लगाएर सुत्ने जोडिभन्दा नलगाई सुत्ने जोडिहरु एक अर्काप्रति सन्तुष्ट र खुसी हुने गर्दछन् । १००४ व्यक्तिहरुमा गरिएको उक्त अनुसन्धानमा ५७ प्रतिशत जोडिहरु राती नाङ्गै सुत्ने गर्दथे र उनीहरु आफ्नो जिन्दगीमा निकै खुसी भएको पाइयो । त्यस्तै ४८ प्रतिशत जोडिहरु राती सुरुवाल अथवा नाइट ड्रेस लगाएर सुत्ने गर्दथे । ३८ प्रतिशत मानिसहरु यस्ता पनि थिए जो हलुका कपडा लगाएर सुत्ने गर्दथे । ब्रिटेनका पोट्समाउथका ३३ वर्षीय म्याकेजीले आफू ६ वर्षदेखि श्रीमतीसँग नाङ्गै सुत्ने र आफ्नो जीवनमा निकै खुसी भएको बताए । उनलाई यसरी सुत्दा सजिलो पनि हुने बताए । उनी भन्छन् कि उनकी श्रीमतीपनि उनीसँग यस्तै अवस्थामा सुत्ने गर्दछिन् र उनीहरु आफ्नो जीवनमा निकै खुसी भएको बताए । अमेरिकाको एक कटन कम्पनीका मालिक स्टिफन थायरले भने कि सम्बन्ध राम्रो बनाउका लागि धेरै कुराहरुको सम्मिश्रण हुन जरुरी छ जसमध्ये यो पनि एक कारण हुनसक्छ । यसका साथै तपाईंको बेडरुमले पनि मुख्य भूमिका खेलेको हुन्छ । यदि बेड नरम छ भने मानिसहरु नाङ्गो भएर सुत्न रुचाउँछन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.