नायिका करिश्मा मानन्धर माथि जबर्जस्ती

नायिका करिश्मा मानन्धर माथि जबर्जस्ती

काठमाडौँ,२० भदौ । नायिका करिश्मा मानन्धरलाई अमेरिका रिटर्न गायक रमेश उप्रेतीले गालामा पटक पटक चुम्ने गरेका छन्  । त्यति मात्र होइन उनले करिश्मालाई अंगालो मार्ने,काउकुति लगाउने सम्मका हर्कत गर्ने गरेका छन् । तर करिश्मा भने रिसाउनुको साटो उल्टै रमेशलाई साथ दिइरहेकी छिन । प्रसंग एनएफडीसी चलचित्र पुरस्कार २०७१ को नृत्य तयारीको हो ।  भोलि भदौ २१ गते काठमाडौंमा हुने कार्यक्रमको लागि अहिले थुप्रै कलाकारहरु नृत्य अभ्यासमा व्यस्त छन् । हालै अमेरिकाबाट नेपाल फर्केका अभिनेता रमेश उप्रेती आठ वर्षपछि नेपाली मञ्चमा उक्लिँदैछन्।  उनी करिश्मासँग नियमित नाच अभ्यास गरिरहेका छन्। 

यसपटकको पुरस्कार वितरण कर्यक्रम दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा हुन लागेकोले पनि विशेष छ। श्रीकृष्णसँगै गत साल दिवंगत भएका निर्देशक शिव रेग्मीलाई पनि सम्मान दिने तयारी छ। 

श्रीकृष्णले अभिनय गरेका चलचित्रका गीतमा दिलिप रायमाझी, केकी अधिकारीसहितका अभिनेता अभिनेत्रीले नृत्य गर्दैछन्।

पुराना कलाकार करिश्मा मानन्धर र रमेश उप्रेतीलाई आयोजक चलचित्र विकास कम्पनीले विषेश रुपमा प्रस्तुत गर्दैछ। 
आउँदो शनिबार आर्मी अफिसर्स क्लबमा हुने एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१ को उत्कृष्ट पाँचको मनोनयन साउन ९ गते सार्वजनिक भएको थियो। गत साल १६ विधामा अवार्ड बाँडिएकोमा  यो साल २० विधामा अवार्ड वितरण गरिंदैछ। 

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.