बाढी प्रभावित विद्यालयलाई चौधरी समूहको २० लाख

काठमाडौं । चौधरी समूहले बर्दियामा बाढिका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएका छ वटा विद्यालयको पुर्ननिर्माण गर्ने घोषणा गरेको छ ।
समूहले ‘ज्ञानोदय बाढि पिडित विद्यालय पुर्ननिर्माण योजना’ अन्र्तगत तत्काल २० लाख रुपैयाँ प्रदान गर्ने जानकारी पनि चौधरी समूहले दिएको छ । त्यस्तै समूहले प्रदान गरेको रकमबाट बर्दिया वेलुवा खल्ला गाउँमा आएको बाढिबाट आफ्ना सम्पूर्ण शैक्षिक सामाग्री गुमाएका पृथ्वी निम्न माध्यमिक विद्यालयका ७५ जना बालबालिकालाई आवस्यक पर्ने शैक्षिक सामाग्री र पोशाक उपलब्ध गराउने घोषणा पनि गरेको छ । बाढि पिडित विद्यार्थीले यसैका कारण पढाई छोड्नु नपरोस् भन्ने चौधरी ग्रुपका अध्यक्ष विनोदकुमार चौधरीको चाहना अनुसार ग्रुपले विद्यालयको पुर्ननिर्माण र शैक्षिक सामाग्री एवं पोशाक व्यवस्थापनमा सहयोग केन्द्रित गरेको हो, समूहद्वारा जारी प्रेस विज्ञप्तिमा छ । ‘यति बेला हामी बाढि पिडित परिवारका विद्यार्थीहरुको भविष्य अन्धाकारतर्फ नधकेलियोस् भन्नेतर्फ सजग हुनु आवस्यक छ’ चौधरी ग्रुपका अध्यक्ष चौधरीले भने, यहि उदेश्यमा सहयोग पु¥याउन हामीले पहल लिएका हौँं । बर्दियामा बाढिबाट पूर्ण रुपमा क्षति भएका एकता प्रा।वी। ९बगनाह–८०, हिमालय नि।मा।वी। ९मिर्चैया०, श्रीप्राथमिक विद्यालय ९खैलार, बगनाह–७०, मुक्त कमैया प्रा।वी। ९बगनाह–६०, जनजागृती प्रा।वी।९अम्बासा० र श्री गुरु जनशक्ति प्रा।वी। ९पदनहा०को पुर्ननिर्माण गर्ने निर्णय चौधरी समूहले गरेको हो । क्षतिग्रस्त विद्यालयको तथ्यांक संकलनका लागि समूहले आफ्ना प्रतिनिधीलाई स्थलगत अध्ययनमा पठाएको समेत चौधरी समूहले जारी प्रेस विज्ञप्तिमा छ । विद्यालय पुर्ननिर्माण र विद्यार्थीलाई सहयोग गर्न जिल्ला शिक्षा अधिकारीको कार्यालयबाट स्विकृती लिईएको पनि जारी प्रेस विज्ञप्तिमा छ । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.