मिडीयाले गर्दा सहमति हुन सकेनः नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली मिडीयाले गर्दा दलहरूबीचमा हुन लागेको सहमति पनि हुन नसकेको बताएका छन्।
 
संविधान निर्माणका विवादित विषयमा टुङ्गो लगाउन बसेको प्रमुख तीन दलको शीर्ष बैठकपछि बाहिरीदै नेता नेपालले भने,'छिटो समाचार दिने नाममा विचार समाचार र अभिव्यक्ति आएको हुनाले नेताहरू त्यसैमा बहस गर्न थालेपछि सहमति भाडिएको हो।'
 
करिब १५ मिनेट बसेको बैठकबाट बाहिरीएर संवैधानिक राजनीतिक सम्वाद सहमति समितिका अध्यक्ष बाबुराम भट्टराईले सरकारको सुस्तताका कारण सहमति हुन नसकेको बताएका छन्।
 
'हिजो विगतमा पनि संविधानसभाभित्र रहेका दलहरुसँग सहमति निर्माण गर्न संवाद समितिले काम गरेको भएपनि संविधानसभाबाहिर रहेका दलसँग वार्ताको जिम्मा लिएको सरकारको सुस्तताका कारण सहमति निर्माणमा ढिलाइ भएको हो।'
 
'तीन महिनाअघि नेकपा–माओवादीले आफ्नो मागहरू सरकार र तीन दलसामु पेश गरेको भएपनि त्यसका बारेमा मंगलबार मात्रै आएर दलहरूमा छलफल सुरु भयो, जसले गर्दा सहमति निर्माणमा अन्योल भएको छ,' भट्टराईले भने।
 
बैठकमा बोल्दै उनले हिजो मात्रै भएको पछिल्लो राजनीतिक विकासले माओवादी पनि सर्वदलीय राजनीतिक सम्मेलनमार्फत संविधानमका विषयमा छलफल गर्न तयार रहेको भन्दै कार्यदल गठन भएपछि उनीहरूसँग पनि परमार्स गर्नू जरूरी भएको बताए।
 
आज साढे १२ बजे ३३ दलससँग छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल गरी निष्कर्षमा पुग्ने उनले बताए। 

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.