यौन उत्तेजनामा कमी आउनुको कारण

तपाईंलाई थाहै होला, यौन उत्तेजना नै सुरु नहुनु वा यौन सन्तुष्टि प्राप्त गर्न बाधा पार्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण  हुन सक्छन्। यस विषयमा पनि एकपल्ट विचार पुर्‍याउनुहोला।
कुनै व्यक्ति भयका कारण यौनसम्पर्कमा संलग्न हुँदैन भने त्यसलाई sexual aversion भनिन्छ भने इच्छा नै नभै यौनसम्पर्क  नराख्नुलाई Inhibited Sexual Desire भनिन्छ। यो अवस्थामा यौन क्रियाकलापमा संलग्नता पनि कम हुन्छ भने यौन क्रियाकलामा  संलग्न हुने इच्छा पनि कम हुन्छ। यसरी इच्छा नै कम हुँदा यौन सपना (स्वप्नदोष), यौन परिकल्पना, यौन उत्तेजक कुराप्रति ध्यान वा आकषर् ण, यौन क्रियाकलाप प्रतिको चाहनाको सचेतनता, आकर्षण, सम्भावित यौन साथी देख्नु, यौन क्रियाकलाप गर्न नपाएकोमा हतास हुनेजस्ता  कुरा पनि हुँदैनन् वा कम हुन्छन्। यो अवस्थामा रुचि नै कम हुने भएकाले यौन क्रियाकलापको सुरुवात पनि नगर्ने हुन्छन् भने अर्काले सुरु  गर्दा पनि त्यसलाई सजिलै स्वीकार गर्दैनन्। यी सबै भए पनि उनीहरू शारीरिक रूपमा यौन सम्पर्क राख्न सक्षम हुन्छन्। तपाईकी श्रीमतीको  सन्दर्भमा त्यस्तो केही हो कि होइन भनेर निक्र्योल गर्न तपाईं बढी जानकारी राख्ने स्थितिमा हुनुहुन्छ। त्यसबाहेक दैनिक जीवनमा आईपर्ने  तनावहरू जस्तै चिन्ता, निराशा, थकाइ, तपाईंहरूबीचको (अन्तरव्यक्ति) सम्बन्धको चिसोपन तथा दम्पत्तीबीचको तनाव आदि यसका कारण  हुन सक्छन्। यो तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासँग पनि सम्बन्धित हुनसक्छ। यदि त्यस्ता कुनै कारण भए पक्कै नै त्यसलाई  हटाउने प्रयास गर्नुहुनेछ।
यौन मनोविज्ञान
आजकाल म र मेरो श्रीमानबीच यौन सम्पर्कको समयमा झगडा हुन्छ। कारण मलाई यौन सम्र्पकको समयमा पीडा अनुभव हुन्छ। मलाई यौन  रोग भएकाले यौन सम्पर्कको समयमा अत्यन्तै पीडा हुन्छ। उहाँ भने यसैलाई आधार बनाएर परपुरुषसँग सम्पर्क छ कि भन्ने शंका गर्नु हुन्छ।  के यौन रोग भएकाहरूले यौनको चरम आनन्द लिन सक्दैनन् ?
स्मृति

यौन सम्पर्कमा सावधानी अपनाउन नसक्दा मानिसहरू घातक रोगको सिकार हुन्छन्। यौन चेतनाको कमी तथा कहिलेकाँही यसमा असावधानी  नअपनाउँदा धेरै मानिसहरू यौनजन्य रोगको शिकार भएका घट्ना हामी दिन प्रतिदिन सुनिरहेका हुन्छौं। एड्सलगायत अन्य यौनरोगहरू पहिले  साधारण जस्तो लागेपनि पछि तिनले विकरालरूप लिएर मानिसको ज्यान लिएको तथ्यहरूले देखाएका छन। यसको भावनात्मक एवं मनोवै ज्ञानिक असरहरू पनि छन्। यौन रोगहरू धेरैजसो पुरुषहरूबाट महिलामा संक्रमित भए पनि महिलाहरू नै यस्ता रोगबाट बढी प्रताडित हुने  गरेका छन। यौन रोगका लक्षण पुरुषमा भन्दा महिलामा चाँडो देखिने भएकाले कोबाट रोग संक्रमित भएको हो भन्ने विषयमा पुरुष र  महिलाबीच विवाद हुने गरेको छ। यस्ता घट्नाहरूमा पुरुषले महिलामाथि दोषारोपण गर्ने गरेको पाइन्छ। यो सही कुरा होइन। फेरि यौन रोगको  उपचारबाट पनि पुरुषहरू पन्छिने गरेको हामी पाउँछौं। यौनरोग पुरुषबाट महिलामा संक्रमित भएको हुन सक्छ र महिलामा छिटो देखिएको  हुन सक्छ। सँगसँगै पुरुषमा पनि संक्रमण भैसके पनि थाहा नभएको हुन सक्छ। यस्तो अवस्थामा दुवैले यौन रोगको उपचार गर्नुपर्ने हुन्छ।  एकजनाको मात्र उपचारले यौन रोग कहिल्यै निको नहुने हुन्छ। यो एकबाट अर्कोमा सरिरहने हुन्छ।
जहाँसम्म यौनरोग भएको मानिसले यौन आनन्द लिने कुरा छ, शारीरिक एवं मनोवैज्ञानिक हिसावले नै उनीहरूले यौन आनन्द लिन सक्दैनन्।  जुनसुकै किसिमको यौनरोगले मानिसहरूलाई पीडा दिन्छ। यस्तो रोग लागेको अवस्थामा दुख्ने, पोल्ने, चिलाउने भएकाले मानसिक तथा  भावनात्मकरुपले हैरानीको अवस्थामा पुगिन्छ। पीडाको यस्तो अवस्थामा हुने यौनले कसरी आनन्द दिन सक्छ ? अर्को कुरा आफूमा यौन रोग  छ भन्ने थाहा भैसकेपछि यौन सम्पर्कको अवस्थामा एकले अर्कोलाई त्यो रोग सारिरहेकोमा हिनताबोध हुन्छ। त्यसैले यो भावनात्मक तथा  मनोबैज्ञानिक समस्या पनि हो। मानिसलाई यस्तो रोगले मूलतः दुई किसिमबाट असर गर्छ। यौन आनन्द लिने कुरा त के, रोग विस्तार हुँदै जाँदा यस्ता रोगले जीवन ढलाइदिने खतरा एकातिर छ भने अर्कातिर लामो समय उपचार नगरिँदा मनमा आउने नकारात्मक सोचले तत्कालको  मनस्थिति बिगारी दिने मात्र होइन, दीर्घकालमा मनोवैज्ञानिक समस्याको रूप धारण गर्न पुग्छ र मानिस मनोवैज्ञानिक रूपले कमजोर भै  गरिखान नसक्ने अवस्थामा पुग्छ।

,

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.