प्रेमीको नाङ्गो तस्विर फेसबुकमा

 लखनउ ।
भारतको उत्तर प्रदेशमा एक युवतीले आफूलाई वेवास्ता गर्ने प्रेमीको नाङ्गो तस्विर फेसबुकमा पोष्ट गरिदिएपछि हंगामा भएको छ । २० वर्षीय ती युवतीले आफूलाई प्रेमीले वेवास्ता गर्न थालेको भन्दै फेसबुकमा प्रेमीको नग्न तस्विर सार्वजनिक गरेकी हुन् ।
ब्यापारी देबेस शर्मासँग सम्बन्धमा आएकी ती युवतीले आफूले गरेका माग पुरा नगरेको भन्दै फेसबुकबाट बेइज्जत गर्न खोजेकी थिइन् । तर उनको यो हर्कतले उनलाई नै समस्यामा पार्यो ।
ब्यापारी युवकसँग सम्बन्धमा आएकी ती युवतीले आफ्नी दिदीलाई ती ब्यवासायीकै अफिसमा काम लगाइदिइन् र उनीसँग नजिकिइन् ।
अगष्ट ३ अर्थात मित्रता दिवसको दिन पारेर ती युवतीले आफूसँग ४५०० पर्ने ह्याण्ड ब्याग र ९००० पर्ने मिनिस्कर्ट किनिदिन भनेको ब्यापारी शर्माले बताए ।
आफूले उनको माग अस्वीकार गरेपछि पनि ती युवतीले पटक पटक पैसा माग्दै धम्की दिन थालेपछि प्रहरीलाई खवर गरेको उनले बताए ।
२ लाख रुपैयाँ आफ्नो खातामा नराखे जे पनि हुन सक्ने भन्दै धम्काएपछि ती युवकले पुलिसलाई खवर गरेका थिए । युवकले फोन उठाउन समेत छोडेपछि युवतीले अश्लिल साइटबाट तस्विर झिकेर युवकको टाउको र अश्लिल तस्विर जोडेर फेसबुकमा राखेकी थिइन् ।
युवकले पुलिसमा खवर गरेपछि अहिले युवती पक्राउ परेकी छिन्

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.