विराटनगरमा ५० लाखको क्षती हुनेगरी भैरहेको आगलागीको ताजा भिडियो



विराटनगर, मंसिर ३ । विराटनगरको एक व्यापारिक भवनमा आगलागी भएको छ । विद्युत सर्ट भई रामकुमार शाहको घरमा आगलागी हुंदा ५० लाख रुपैयाँको बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राती २ वजेतिर अचनाक लागेको आगोले घरमा रहेको जुट वोराको गोदाममा रहेको तीन हजार वढी वोरा, हार्डवएर पसलका सामान र फलफुलको गोदामसहित घरमा समेत क्षती हुंदा ५० लाख वढीको क्षति भएको मोरङ प्रहरीका प्रवतmा एवं प्रहरी नायव उपरिक्षक प्रभु ढकालले जानकारी दिए । आगोलाई विराटनगर, इटहरी र इनरुवाको वारुण यन्त्र, प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिव ४ घण्टा पछि नियन्त्रणमा लिइएको थियो । -

imagekhabar.com/samachar/detail/43153/30/.shtml#sthash.jmkO7Q91.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.