पाउना आएकै रात नेपालमा भूकम्पको झड्का : क्षतिको विवरण आउन बाँकि



काठमाडौं : मध्य नेपालमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । सार्क राष्ट्रका प्रमुखहरु १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएकै राति नेपालमा भूकम्प गएको हो ।

मंगलबार साँझ ९ बजेर ३३ मिनेटमा गोरखाको उत्तरी केरौजा गाविसमा केन्द्रबिन्दू भएको ४ दशमलब ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडा आसपासका जिल्लाहरुमा पनि महसुुस भएको छ । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र नुवकोट जिल्लाहरुमा महसुस भएको हो । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।

मोदीसँगै भूकम्प

सार्क शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएकै दिन नेपालमा भूकम्प गएको छ ।

यसअघि उनी साउन १८ मा दुई दिने औपचारिक भ्रमणमा आएकै दिन पनि नेपालमा भूकम्प गएको थियो । त्यो बेला तिब्बतलाई केन्द्रबिन्दू बनाएर ५.५ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

यो पटक पनि मोदीसहितका सार्क राष्ट्रका नेताहरु आएकै दिन नेपालमै केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।
एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.