तपाईंलाई थाहा छ,किन गन्हाउँछ सास ?

मुखमा दुर्गन्ध भएको मानिसले कुरा गर्दा वा सास फेर्दा उसको मुखबाट निस्कने हावा पनि दुर्गन्धित हुन्छ । यो समस्या कसमा छ भन्ने सामान्यतया ः थाहा हुँदैन पनि । बाहिर हेर्दा स्वस्थ देखिने मान्छेको मुखबाट पनि दुर्गन्ध निस्किरहेको हुन्छ । कहिले काँिह श्रीमान्श्रीमतीबीच फाटो ल्याउने कारक तत्व नै मुखको दुर्गन्ध हुन पुग्छ । यो नदेखिने किसिमको रोग भए पनि हरेक मानिसले यसका बिरामीलाई जानीनजानी घेणा गरिरहेका हुन्छन् । सासबाट दुर्गन्ध आउने यो रोगलाई चिकित्सा क्षेत्रमा हेलिटासिस् भन्ने गरिन्छ ।
यसरी मुखबाट दुर्गन्ध दाँत र गिजाको रोग पायरिया हुनु, दाँतमा फोहोर जम्नु, टन्सिलको इन्फेक्सन हुनु, नाक या साइनसमा विकार आउनु, मुखमा घाउ निस्कनु, श्वासनली या फोक्सोको विकार हुनु आदि कारणले निस्कन्छ । त्यस्तै पाचन प्रणालीले ठीक ढंगले काम नगर्नु, जिब्रोमा फेहोर जम्मा हुनु, नक्कली दाँत हालिनु, धूमपान, तमाखु, गुटखा आदि खानु, मदिरापान, मधुमेह, कब्जियत, पेटको अल्सर, अपच, टीबी, निमोनिया, साइनस, डिप्थिया, लसुन, प्याज खानु, दाँतमा खाना अड्किनु, दाँत नियमित नमाझ्नु आदि कारणले पनि मुखबाट दुर्गन्ध आउँछ ।
लक्षण
मुख गन्हाउने रोग लागेपछि मुखबाट दुर्गन्ध आउँछ । पेट खाली हुँदा झ्न बढी दुर्गन्ध आउँछ त्यस्ते गिँजाबाट पिप आउने र बिहान बासी मुखमा अझ बढी दुर्गन्ध आउने लक्षण देखिन्छ । चिसो खाने कुरा खाँदा पेटमा गुडगुड आवाज आउने र शरीर दुख्ने हुन्छ ।
समस्य देखिए के गर्ने ?

मुख गन्हाउने समस्या देखा परेमा शुद्ध, हलुका र सुपाच्य खाना मात्र खानुपर्छ । जिब्रोको मैलो सफा गर्ने र रातो टमाटरमा नून हालेर खाने गरेमा पनि गन्ध कम हुन्छ । सफासँग धोएर काँचो पालुंगो र बन्दा चपाएर बिहान बेलुका खाने गर्नुपर्छ ।
मौली सुप हलुका भुटेर खानापछि खाने गरेमा पनि यसले दुर्गन्ध कम हुन्छ । आधा चम्चा सुठोको धूलो बिहान बेलुका खाना खाएपछि खाने गरेमा पनि त्यसले दुर्गन्ध घटाउँछ । खाना खाएपछि तुलसीपत्ता, पुदिना र काँचो सलगम चपाएर खानुपर्छ । यी घरायसी औषघिले गन्ध कम गर्न मद्दत पु¥याउँछन् । कागती र अमलाको प्रयोग बढाएमा पनि गन्ध कम हुन्छ ।
यससँगै टंग क्लिनरले बिहान जिब्रो सफा गर्ने, बिहान खाना खाएपछि र सुत्नु अगाडि ब्रस र मञ्जनले दाँत सफा गर्ने, रगत र पिप आउनबाट रोक्नकालागि कागती र मह मिलाएर गिँजा माझ्ने गर्नु पर्छ । कागती र पुदिनाको रस एक गिलास मनतातो पानीमा मिलाएर बिहान बेलुका मुख कुल्ला गर्ने गरेमा त्यसले पनि गन्ध कम गर्छ । खाली समयमा ल्वाङ, अलैंची र सुकमेल चुसेर बस्नाले गन्धको सट्टा मुखबाट ती वस्तुको वासना आउँछ ।
खान र गर्न नहुने कुरा
बढी अपाच्य खानेकुरा, तारेको, पिरो, मसलादार र चटपटे वस्तु नखाने तथा धेरै गुलियो खाद्यपदार्थ या पेय पदार्थबाट टाढै रहने गर्नुपर्छ । त्यस्तै चिया, कफी, रक्सी, मासु र माछा धेरै नखाने र अत्याधिक तातो कुरा पनि नखाने बानी बसाल्नु पर्छ । खाना बाहेक अन्य वस्तुमा अत्याधिक कडा ब्रसले दाँत सफा गर्नु हुँदैन । गुलियो चिज खाएर दाँत सफा नगरी सुत्ने वा बस्ने गरेमा पनि मुखमा दुर्गन्ध शुरु हुन्छ । मुखको दुर्गन्धको रोग लागेपछि कब्जियत हुनबाट बँच्नु पर्छ भने मुखको स्वास्थ्यमा सधैं चनाखो हुनुपर्छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.