सरकारले मुलक भरीको जिल्लामा यी औषधि निःशुल्क वितरण गर्ने !!


 सरकारले मुलक भरीको जिल्ला अस्पतालसम्मको सरकारी स्वास्थ्य निकायवाट ७० वटा औषधि निःशुल्क उपलब्ध गराउने भएको छ ।

मन्त्री परिषदको शुक्रवार वसेको वैठकले देश भरीका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी र जिल्ला अस्पतालवाट ७० प्रकारका औषधि निःशुल्क दिने निर्णय गरेको हो । यस अघि करिव ४० वटा औषधि निःशुल्क उपलब्ध हुदै आएको थियो ।

'हामीले जीवन रक्षक औषधि सहित, नसर्ने रोगमा उपयोग गरिने औषधि समेत गरी हाल लाइ ७० प्रकारको औषधिहरु निःशुल्क उपलब्ध गराउने छौं', स्वास्थ्य मन्त्री खगराज अधिकारीले कान्तिपुर संग भने-'अव मधुमेह, थाइराइड, यरिक एसिड, उच्च रक्तचाप, मानसिक रोग, लेक लाग्ने समस्या, मुटु रोग लगायतका औषधि पनि निःशुल्क उपलब्ध हुने छ ।

उक्त निःशुल्क औषधि जिल्ला अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रमा आउने रोगीलाइ दिइने छ । हाल सम्म ४० वटा औषधि निःशुल्क दिदा वर्षेनी ४० देखी ५० करोड रुपिया खर्च हुने गरेको थियो ।

हाल दिन लागिएको औषधिमा जिल्ला अस्पताल स्तरको सवै जीवन रक्षक औषधि सहित समाजमा व्यापक रुपमा रहेको न सर्ने रोगको औषधिलाइ समेत समेटने प्रयास गरिएको प्राथमिक स्वास्थ्य सेवा पुर्नरजागरण महाशाखाका निर्देशक डा.रमेश कुमार खरेल बताउछन ।

स्वास्थ्यमा गत वर्ष भन्दा कम बजेट आए पनि मन्त्रालयले औषधीमा बढेको खर्चलाई प्रवन्धन गर्न सक्ने बताउदै स्वास्थ्य मन्त्रीले अंचल, उपक्षेत्रिय र केन्दि्रय अस्पतालमा समेत विपन्न इकाइ खडा गरेर निःशुल्क औषधिको व्यवस्था गर्ने योजना छिट्टै लागु गर्ने बताए ।

'हामीले निःशुल्क पठाउने औषधिको गुणस्तर उच्च राख्ने पहल थाल्ने छौं', स्वास्थ्य मन्त्री अधिकारीले भने-प्रधानमन्त्री शुशिल कोइरालाले समेत निःशुल्क वितरण गरिने औषधिको गुणस्तर वारे चासो राख्नु भएको छ । मुलुकमा ७६ वटा जिल्ला अस्पताल छ । यस्तै देश भरीमा एक जना एमविविएस डाक्टर समेत रहने एक सय ९९ वटा प्राथमिक स्वासथ्य चौकी छ भने बरिष्ठ हेल्थ असिस्टेनट इन्जार्च हुने एक हजार चार सय ४७ वटा स्वास्थ्य चौकी छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.