१२ वर्ष सम्म पनि सेक्स नगरेका दम्पति ,, किन ??

सिंगापुरमा भने एक दम्पतीले बिहे गरेपछि पनि १२ वर्षसम्म कौमार्य भंग गरेनन् । ती विवहित जोडीका पतिले सुहागरात देखिनै सम्भोगको लागि प्रस्ताव गरेको थियो तर पत्नीचाहीँले यौनांग दुख्ने भन्दै सम्बन्ध राख्न अस्विकार गर्दै आएकी थिइन् । धेरैपटक यौन सम्पर्कको प्रस्ताव स्वास्नीले अस्विकार गरेपछि सरकारी कर्मचारी समेत रहेका ती लोग्नेले स्वास्नीसँग यौन सम्पर्क राख्ने इच्छा नै मारे । र हुँदाहुँदै त्यो जोडिले यौन सम्पर्क गर्नुपर्छ भन्ने कुरा समेत भुल्यो ।
समय बित्दै जाँदा त्यस दम्पतीले बच्चाबच्ची कसरी जन्मिन्छन् भन्ने कुराको पनि हेक्का पाउन छाड्यो । अरु दम्पतीका छोराछोरी देख्दा समेत उनीहरुलाई आश्चर्य लाग्नथाल्यो र आफ्ना छोराछोरी किन भएनन् होला भन्ने लाग्न थाल्यो । त्यसपछि उनीहरु आफुहरुका बच्चा किन भएनन् भनेर सोध्न डाक्टरकोमा गए ।
केहीबेरको छलफल पछि डाक्टरले थाहा पाए की ती लोग्नेस्वास्नीले त कहिल्यैपनि यौन सम्पर्क नराखेका रहेछन् । यौन सम्पर्क नराखेपछि बच्चाबच्ची हुने कुरै भएन ।परिक्षणको क्रममा चिकित्सकले महिलाको योनीमा संकुचनको समस्याका कारण दुख्ने गरेको कुरा पत्ता लगाए । यस्तो समस्या भएका महिलाको लागि यौनसम्पर्क निकै पीडादायी हुन्छ र यौन सम्पर्क गर्न मान्दैनन् । त्यसपछि डाक्टरले एक डायलेटर वा योनी फुकाउने उपकरणको सहायताले ती महिलाको उपचार गरिन् जसका कारण उनलाई यौन सम्पर्कका बेला पीडा नहोस् र सम्भोगका लागि तयार होउन् । त्यसपछि उनले बच्चा पाउन यौन सम्पर्क गर्नुपर्छ भन्ने कुरा पनि सिकाइन् । त्यसपछि त के चाहियो त्यो जोडिका लागि सम्भोग नित्यकर्म जस्तै भयो । अहिले त ती महिला ४ महिनाकी गर्भवती भएकी छिन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.