आयल निगममा मौसमी पोसाक भत्ता

काठमाडौं,कात्तिक ४ – ३५ अर्ब घाटा र ३७ अर्बको ऋणमा रहेको आयल निगमका कर्मचारीले मौसमअनुसार वार्षिक दुईपटक पोसाक भत्ता लिने गरेका छन् । निगम कर्मचारीले जाडो र गर्मीमा नयाँ लुगा किन्न दुईपटक पोसाक भत्ताको रकम बुझ्दै आएका छन् । हरेक वर्ष पदअनुसार निगमका कर्मचारीले १९ देखि २१ हजार रुपियाँ पोसाक भत्ता लिने गरेका छन् । सबैभन्दा तल्लो तहका पिएन,माली र स्विपरले वार्षिक १९ हजार ७९ र महाप्रबन्धकले २० हजार नौ सय ४८ रुपियाँ पोसाक भत्ता लिन्छन् । निजामती कर्मचारीलाई भने सरकारले वर्षमा एकपटक सात हजार पाँच सय रुपैयाँ मात्रै पोसका भत्ता दिने गरेको छ । ‘एक कर्मचारीले वर्षमा दुईपटक पोसाक भत्ताबापत रकम बुझ्छन्,’ निगमका प्रबक्ता मुकुन्द घिमिरेले भने । स्रोतका अनुसार असोज र चैतमा निगम कर्मचारीले पोसाक भत्ता बुझ्दै आएका छन् । निगम व्यवस्थापनले ‘शितकालीन र ग्रिष्मकालीन समय’को व्याख्या गरी कर्मचारीलाई दुईपटक पोसाक भत्ता वितरण गर्ने निर्णय गरेको हो । निगममा ६ सय ३६ कर्मचारी कार्यरत छन् । यसैबीच,आयल निगमले कर्मचारीको घर वा कोठा सफा गर्न समेत रकम पाउने गरेका छन् । ‘घर संरक्षण खर्च’ स्वरुप प्रतिमहिना चार सय ५० देखि १ हजार ६ सय २० रुपैयाँसम्म कर्मचारीले लिने गरेका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

http://www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.