चर्चित प्रेमजोडी रणवीर कपुर र कट्रिना कैफबीच विवाहको चर्चा

मुम्बई : बलिउडका चर्चित प्रेमजोडी रणवीर कपुर र कट्रिना कैफबीच विवाहको चर्चा चलेको छ। अहिले 'लिभ-इन-टुगेदर'मा रहेका उनीहरू एकअर्काप्रति गम्भीर देखिन थालेको बताइएको छ। दीपिका पादुकोणबाट अलग्गिएका रणवीर र सलमान खानबाट टाढिएकी कट्रिना एकआपसमा नजिक भएदेखि नै उनीहरूको चर्चा चुलिएको हो।

स्रोतका अनुसार आफुहरूबीचको सम्बन्धलाई सदाका लागि अगाडि लैजाने सोचमा उनीहरू पुगिसकेका छन्। कपुर खानदानमा पनि कट्रिना र रणवीरको विवाहको कुरा चलिरहेको र सन् २०१५ को फेब्रुअरीमा विवाह हुनसक्ने बताइएको छ।

यसअघि नै उनीहरूबीच इन्गेजमेन्ट भइसकेको भनिए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन। तर, पछिल्लो समय कट्रिना र रणवीरले एकअर्काको खुलेर प्रशंसा गर्न थालेका छन्। 'मेरो जीवनमा रणवीरको महत्त्वपूर्ण भूमिका छ', केही समयअघि कट्रिनाले भनेकी थिइन्। एजेन्सी


http://annapurnapost.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.