नाइट सिफ्ट’मा काम गर्दा दिमाग भुत्ते र बुढो हुन्छ

night shift
पछिल्लो समय खासगरी केही निजि संस्थाहरुमा लचिलो कार्यालय समय अवलम्बन तथा सिफ्टमा कर्मचारी खटाउने व्यवस्थापनको अभ्यास बढ्दै गएको छ । यसो गर्दा कार्यालयको कार्यसम्पादनमा सकारात्मक नतिजा आएपनि काम गर्ने कर्मचारीमा भने यसले केही हदसम्म असर पूराउने देखिएको छ ।
एक अनुसन्धानले खासै जनसम्पर्क नहुने तथा सँगीसाथीसँग घुलमेल समेत हुन नपाइने र एक्लै काम गर्नुपर्ने, जस्तै रातको सिफ्टमा काम गर्नुपर्ने मानिसहरुको दिमाग भुत्ते बन्दै जाने र मानिस पनि छिटै बुढो देखिने तथ्य पत्ता लगाएको छ ।
झण्डै एक दशकसम्म रात्रीकालीन लगायतका ‘असामाजिक सिफ्ट’मा काम गर्दा मानिसको मस्तिष्क ६ वर्षले बुढो हुने अकुपेसनल एण्ड इन्भारोमेन्टल मेडिसिन जर्नलमा छापिएको सोधमा उल्लेख गरिएको छ । तथापि यसरी असमाजिक सिफ्टमा काम गर्दा दिमागमा परेको असर त्यस्तो समयमा काम गर्न छाड्दा विस्तारै हट्ने भएपनि पहिलेकै अवस्थामा आउन भने ५ वर्ष लाग्ने शोधकर्ताको भनाइ छ ।
यसो हुनुको मुख्य कारण मानव सरीरको जैविक घडी हो । मानव सरीरको जैविक घडी हामीलाई दिनमा सक्रिय हुने तथा रातमा सुत्ने गरी डिजाइन गरिएको हुन्छ । रातको सुत्ने समयमा सक्रिय हुनु वा काम गर्नु भनेको जैविक घडीको उल्लंघन हो, जसले सरीरमा हानिकारक असर पूराउँछ । यसअघिका अध्ययनले पनि रात्रीकालीन सिफ्टमा काम गर्ने कर्मचारीमा स्तन क्यान्सर तथा मोटोपना जस्ता रोगको जोखिम हुने देखाएको थियो ।
रात्रीकालीन सिफ्टको काम गराइले मानव मस्तिष्कमा पार्ने असरका विषयमा बेलायतको स्वान्सी विश्वविद्यालय तथा फ्रान्सको टोलुस विश्वविद्यालयका शोधकर्ताले संयुक्त रुपमा अध्ययन गरेका थिए ।
उमेर छिप्पिँदै जाँदा मस्तिष्कको क्षमतामा प्राकृतिक रुपमै गिरावट आउने भएपनि रातको समयमा काम गर्दा यस्तो क्षयिकरणको दर झनै तिब्र बन्ने शोधकर्ताहरुको ठहर छ ।
- See more at: http://www.onlinekhabar.com/2014/11/203489/#sthash.EBIpUBCL.XRLYkKB7.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.