नर्तकीसँगको सम्भोगले अरबपतिको ढाड सडि्कएपछि
रुसको चर्चित थिएटर बोल्स्होइकी पूर्व नर्तकी एनास्टासिया भोलोच्कोभा सँगको सम्भोगका कारण रुसी अर्बपति बख्तियार सालिमोभ थला परे । रुसी पत्रिका लाइफ न्यूजका अनुसार नर्तकी सँगको सम्भोगपछि ४५ वर्षका सालिमोभको ढाड सडि्कयो, उनी ओछ्यानबाटै उठ्न नसक्ने भए । उनको उपचारका लागि एम्बुलेन्स र डाक्टरलाई बोलाइयो, डाक्टरले औषधि पनि दिए ।तर एक पटकको औषधिले काम नगरेपछि फेरि डाक्टर बोलाएर औषधि गराउनु पर्यो ।
अरबपतिलाई थला पार्ने ३८ वर्षीया नर्तकीले आफुहरु पुनर्मिलनको अवसरमा डिनर गरेर दुइ पटक सोफामा सम्भोग गरेको खुलासा गर्दै सेक्स बाहेक अरु व्यायामको अभावका कारण सालिमोभको ढाडमा असर परेको बताइन् ।स्मरणरहोस् भोलोच्कोभा बारम्बार विवादमा आइरहने चर्चित तथा हाइ प्रोफाइल रुसी सेलिब्रेटी हुन् । रुसको चर्चित ब्लोस्होइ थिएटरले उनी बढि मोटी तथा अग्ली भएको र पुरुष पार्टनरले रुची नदेखाएको भन्दै उनलाई सन् २००३ मा बर्खास्त गरेको थियो ।
आफुलाई बर्खास्त गर्ने कम्पनी विरुद्ध उनले अदालतमा मुद्दा हालेर क्षतिपूर्ति बापत ३ हजार ७ सय पाउण्ड प्राप्त गरेकी थिइन् ।गएको वर्ष उनले उक्त रंगमञ्चका नर्तकीहरुलाई धनाढ्यसँग सेक्स गर्न बाध्य पारिने गरिएको र थिएटर वेश्यालय जस्तै रहेको आरोप लगाएकी थिइन् ।मस्कोमा रहेको यो नाचघर २ सय ३६ वर्ष पुरानो नाचघर हो ।
0 comments
Write Down Your Responses