ठूलो भूकम्प आए काठमाडौंका छतछतमा हेलिकोप्टर

काठमाडौं : काठमाडौं उपत्यकामा ठूलो भूकम्प आयो भने के हुन्छ? भूकम्पबाट सुरक्षा निकाय प्रभावित भए उद्धार कसले गर्छ? भूकम्पपछि विमानस्थल बन्द हुन्छ?

गृह मन्त्रालयका सहसचिव यादव कोइरालाले यस्तो प्रश्न राखेर यसरी उत्तर पनि दिए, 'त्यसका लागि सरकारले तयारी गरिरहेको छ। उद्धारका लागि जुन देशको सेना र प्रहरीको ब्यारेक नजिक छ, त्यहींबाट काठमाडौंमा हेलिकोप्टर आउँछ। त्यसले उद्धारकार्य गर्छ। हेलिकोप्टर घरको छतमाथि बस्छ।'

एन्फो, यूके गभर्मेन्ट, अक्सफाम र लुमन्तीले सञ्चारकर्मीका लागि हालै राजधानीमा आयोजना गरेको विपद् व्यवस्थापन तालिममा उनले विपद् व्यवस्थापनको यस्तो तरिका खुलासा गरे। कोइरालाका अनुसार विपद् व्यवस्थापनलाई पाँच तहमा विभाजन गरिएको छ। तेस्रो तहसम्म्मको विपद्मा भने विदेशी गुहारिनेछैन। चौथो र पाँचौं तहमा मात्र कुनै पनि देशका सेना आएर उद्धार गर्ने व्यवस्था गर्न लागिएको छ। तर त्यो सेना उद्धारका सामग्रीले मात्र सुसज्जित हुनेछ। कुनै हतियार बोक्नेछैन। उद्धारका लागि चीन, भारत, अमेरिका वा बेलायत जुनसुकै देशबाट पनि सेना आउनेछ। कोइरालाले सरकारले यस सम्बन्धमा आवश्यक कार्यविधि तयार पारेको बताए।

सरकारले चौथो र पाँचौं चरणमा हुने विपद् व्यवस्थापनका लागि देशभरका ८३ ठाउँमा मानवीय उद्धार केन्द्र स्थापना गर्ने तयारी गरेको छ। काठमाडौंमा मात्रै तीन ठाउँमा यस्ता केन्द्र स्थापना गरिनेछन्। त्रिभुवन विमानस्थल नजिकको खाली भाग, कृषि अनुसन्धान परिषद् खुमलटार र त्रिभुवन विश्वविद्यालय क ीर्तिपुरमा यस्ता केन्द्र स्थापना हुने भएका छन्। कीर्तिपुरमा भने त्यसको तयारी सम्पन्न गरी आपत्कालीन खानेपानीका लागि ५० हजार लिटरको ट्यांकी निर्माण भएको छ।
सहसचिव कोइरालाका अनुसार केन्द्रमा बन्ने संरचनाअन्तर्गत अहिलेदेखि नै उद्धारका लागि आवश्यक पर्ने गैरखाद्यसामग्रीको बन्दोबस्त गरिएको छ। ती केन्द्रमा बनेको भावनको छतमा हेलिकोप्टर बस्न सक्छ भने ८ रेक्टर सम्को भूकम्पले पनि त्यसलाई केही गर्न सक्दैन। यी केन्द्रमा ठूलो संख्यामा मानिस राख्न सकिन्छ।
सरकारले भूकम्पका लागिमात्र होइन, अन्य दैवीप्रकोपका लागि पनि पूर्वतयारी र पूवार्नुमानको व्यवस्था गर्न लागेको छ। देशका विभिन्न ठाउँमा बाढीको पूर्वसूचना दिन २५ ठाउँमा यससम्बन्धी उपकरण जडान गरिएको छ। गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अधिकृत वंशीकुमार आचार्यका अनुसार नदीको मुहानमा बाढीको सम्भावना हुनेबितिकै तटीय क्षेत्रमा यसले संकेत दिनेछ। त्यसैगरी सरकारले सम्भावित पहिरो जाने क्षेत्रको समेत पहिचान गर्ने गृहकार्य गरेको छ। जोखिम क्षेत्रमा बसोबास नगराउन विभिन्न सरकारी निकायमा समन्वय अभाव भएको आचार्यको गुनासो छ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.