लाइसेन्स र ब्लुबुक माग्नुपर्ने ट्राफिकले युवतीसँग एक किस मागेपछि निलम्बन


4 मङ्सिर , काठमाडौँ ,

सामान्यत ट्राफिक प्रहरीले चेकिंगका क्रममा लाइसेन्स र ब्लुबुक माग्नुपर्ने हो, तर मादक पदार्थ सेवनको चेकिंगमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन् ।



महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत एक ट्राफिक प्रहरीका असईले  चेकिंग का क्रममा कागजपत्र नभएपछी एक किस मागेका थिए ।
ट्राफिक आचरण विरुद्ध काम गरेको भन्दै असई पुरुषोतम ढकाल निलम्बनमा परेका छन् ।

आजको नया पत्रिकामा खबर छ ।

बेलुका मापसे चेकिंगमा खटिएका असइ  ढकालले एक किस दिए कारबाही नगर्ने भन्दै एक युवतीलाई दुर्व्यहार
गरेको ट्राफिक महाशाखाका एक अधिकारीले बताए ।

युवतीले उजुरी गरेपछि ढकाल कारबाहीमा परेका हुन् ।   चेकिनग्का क्रममा युवतीले  छाडिदिन आग्रह गरेपनि

एक किस नदिई छाड्न नमिल्ने बताए  अन्यथा कारबाही गर्ने समेत चेतावोनी दिए ।

पछी असई ढकाल डिल्लीबजार बाट अनामनगर सम्म तिनै युवतीको स्कुटरमा गएका थिए ।
युवतीको मोबाइल नम्बर समेत मागेर बेलुका पनि फोन गरेको उजुरीमा उल्लेख छ ।

स्कुटरमा बस्ता असई ढकालले आफुमाथि दुर्ब्यबार गरेको युवतीले आफ्नो उजुरीमा बताइन्  ।

एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.