तुलसी शत प्रतिशत साइड इफेक्टरहित नभएको नया तथ्य



बाल्यकालदेखि हामी सबैले तुलसीको फाइदाको बारेमा सुन्दै आएका छौँ । तुलसीमा पाइने स्वास्थ्यवद्र्धक गुणका कारण यसलाई हामी रोप्ने गर्दछौँ । आयुर्वेदमा पनि तुलसीको लाभको बारेमा निकै बयान गरिएको छ । तुलसीले सानोदेखि ठूल्ठूला रोगहरुलाई ठिक गर्ने गर्दछ । तर यसो भन्दैमा तुलसी शत प्रतिशत साइड इफेक्टरहित भने होइन । 

यस्तैमा तुलसीको पनि केहि नकारात्मक पक्षहरुको बारेमा हामी तपाईंलाई जानकारी दिँदै छौँः   

१. रगतलाई पातलो गर्दछः तुलसीको अत्यधिक सेवनले तपाईंको रगत पातलो हुनसक्छ । त्यसकारण वालफरिन र हेपरिनजस्ता औषधीको सेवन गरिरहेका रोगीहरुले तुलसीको सेवन गर्न नहुने बताइएको छ किनभने तुलसीले यी औषधीमा पाइने रगत पातलो गर्ने गुणको गतिलाई बढाउन सक्छ । 
यो गति एउटा ठूलो समस्याको कारण बन्न सक्छ । यसका साथसाथै तुलसीलाई अरु एन्टि–क्लोटिङ औषधीको साथमा लिन हुँदैन । लक्षणः चोट लाग्दा धेरै मात्रामा रगत बग्नु र शरिरमा नीलो निशाना देखिनु ।   
२. हाइपोग्लाइसिमियाः हाइपोग्लाइसिमिया एउटा यस्तो स्वास्थ्य समस्या हो जसमा रोगीको रगतको ग्लुकोजको स्तर असामान्य रुपमा कम हुने गर्दछ । धेरैजसो मानिसहरु आफ्नो रगतको उच्च ग्लुकोजको मात्रालाई घटाउनका लागि तुलसीको सेवन गर्ने गर्दछ । 
यदि मधुमेह र हाइपोग्लाइसिमियाका बिरामी औषधीका साथसाथै तुलसीको सेवन गर्छन् भने उनीहरुको रगतको ग्लुकोजको स्तर अझ कम हुनसक्छ । अतः यो निकै हानिकारक साबित हुनसक्छ । लक्षणः रिंगटा लाग्नु, भोक लाग्नु, कमजोरी   

३. प्रजनन शक्तिलाई प्रभावित गर्नसक्छः तुलसीको अत्यधिक सेवनले पुरुषहरुको प्रजनन शक्तिलाई प्रभावित तुल्याउने गर्दछ । यो तर्कलाई जाँच्नका लागि खरायोमाथि परिक्षण गरिएको थियो । यसका लागि खरायोहरुलाई परिक्षण समूह र सामान्य समूहमा विभाजित गरिएको थियो । परिक्षण समूहका खरायोलाई ३० दिनसम्म दुई ग्राम तुलसीको पात खानका लागि दिइयो । जसको परिक्षण समूहको खरायोको शुक्राणुको संख्यामा महत्वपूर्ण गिरावट देखा पर्यो ।  

 ४. गर्भवती महिलाहरुमा प्रभावः यदि गर्भावस्थामा महिलाहरुले तुलसीको अत्यधिक सेवन गरेमा यसको असर दुबै महिला र बच्चालाई पर्ने गर्दछ । तुलसी खानाले गर्भवती महिलाको गर्भाशय खुम्चिन सक्छ जसले बच्चाको जन्मको क्रममा समस्या पैदा गर्न सक्छ र पछि गएर महिनावारीमा समस्या पैदा हुनसक्छ । यसका साथसाथै तुलसीले गर्भवती महिलाहरुलाई केहि संक्रमण पनि गर्नसक्छ । लक्षणः पिठ्युको दुखाई, ऐंठन, रगत बग्नु   

५. ड्रग इन्टरेक्सनः तुलसीको सेवनले हाम्रो शरिरमा केहि औषधीहरुको प्रक्रियामा बाधा पुर्याउने काम गर्दछ । डायजेपाम र स्किपलमिन यस्ता औषधीहरु हुन् जसले चिन्ता, उल्टी, डरलाई कम गर्नमा मद्दत गर्दछ । तर तुलसीले यी दुबै औषधीको प्रभावलाई कम गर्ने गर्दछ जसका कारण रगतमा औषधीको स्तरमा वृद्धि अथवा कमी गर्ने गर्दछ । लक्षणः टाउको दुखाई   प्राकृतिक पदार्थले हुन त थुप्रै रोगलाई निको गर्ने गर्दछ तर यसको मतलब यो होइन कि यसको अत्यधिक सेवनले हामीलाई कुनै पनि साइड इफेक्ट गर्दैन । त्यसकारण हामी यसको गुण र अवगुणको बारेमा जानकार हुन आवश्यक छ । (एजेन्सी) 

http://www.ratopati.com/2014/11/15/182469.html#sthash.8qAbp9Ry.hC0zzD3i.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.