दुनियाँका सबैभन्दा मूल्यवान पदार्थ : एक ग्रामको १० खर्ब डलर

असोज, काठमाडौं । सुन महंगो हुन्छ भन्नेमा विवाद छैन । तर विश्वमा यस्ता पदार्थहरु छन् जो सुनभन्दा कैयौँ गुणा बढि महंगा छन् । केही खानेकुरादेखि लिएर क्रिम र पत्थरहरु यतिधेरै महंगा छन् जसको सानो भन्दा सानो अंश किन्ने कुरा समेत सामान्य मानिसले सोँच्न सक्दैन । विश्वका सबैभन्दा महंगा १९ वटा पदार्थ यस्ता छन्- १. एन्टी म्याटर- यो यस्तो पदार्थ हो जुन एन्टीपार्टिकल अर्थात विपरित कणबाट बनेको हुन्छ । यस्तो पार्टिकलको पिण्ड सामान्य पदार्थकै जस्तो हुन्छ तर चार्ज भने विपरित हुन्छ । यो पदार्थको मूल्य एक ग्रामको १० खर्ब डलर पर्छ । वैज्ञानिकहरुले यसलाई भविष्यमा अन्तरीक्षयानको इन्धनको रुपमा प्रयोग गर्न सकिने बताएका छन् । २.क्यालिफोर्नियम २५२- क्यालिफोर्नियम तत्वको एक आइसोटोपको रुपमा रहेको यो पदार्थको मूल्य एक ग्रामको २ करोड ७० लाख डलर पर्दछ । यसले पानी र तेलबीचको तह छुट्टाउने काम गर्छ । ३. पेइनाइट- यसको मूल्य प्रति ग्राम ३ लाख डलर पर्छ । यो सबैभन्दा दुर्लभ पत्थर हो । ४. हिरा- यो सबैले सुने जानेकै बहुमुल्य पत्थर हो । यसको मूल्य एक ग्रामको ६५ हजार डलर सम्म पर्छ । ५. ट्राइटियम- यसको मूल्य प्रतिग्राम ३० हजार डलरसम्म पर्छ र यसको प्रयोग ठूला होटेल, भवनहरुको गेटमा संकेत सूचक चम्किने पदार्थको रुपमा गरिन्छ । ६. टाफेइट- यसको मूल्य प्रतिग्राम २० हजार डलर सम्म पर्छ । यसलाई पनि गहनामा पत्थरकै रुपमा प्रयोग गरिन्छ । ७. प्लुटोयिनम- यसको मूल्य एक ग्रामको झण्डै ४ हजार डलर पर्छ । यसको प्रयोग खासगरी आणविक उर्जा उत्पादन तथा हतियार निर्माणमा हुन्छ । ८. एलएसडी- यसको मणिभलाई प्रतिग्राम ३ हजार डलर पर्छ । ९. क्रयाक कोकाइन- यसको मूल्य ६ हजार प्रतिग्रामसम्म पर्छ । यो एक प्रकारको लागु औषध हो । १०. मेथाफेटामाइन- यसको मूल्य प्रतिग्राम १२० डलर सम्म पर्छ । यसको प्रयोग पनि लागु औषधकै रूपमा गरिन्छ । ११. हेरोइन- उच्चस्तरको हेरोइनको मूल्य ११० डलर प्रतिग्राम सम्म पर्छ । १२. क्रिम डे ला मेर- यो विश्वको सबैभन्दा महंगो क्रिम हो । यसको मूल्य प्रतिग्राम ७० डलर पर्छ । १३. गैँडाको खाग- गैँडाको खाग निकै मूल्यवान हुन्छ र प्रतिग्रामको ५५ डलर सम्म पर्दछ । यसलाई विभिन्न औषधिय प्रयोजनका लागि प्रयोग गरिन्छ । १४. प्लाटिनम- प्लाटिनमलाई क्यान्सर प्रतिरोधी औषधि निर्माणका साथै गरगहना तथा वैज्ञानिक प्रयोगमा समेत उपयोग गरिन्छ । यसको मूल्य एक ग्रामको ४८ डलर पर्छ । १५. रोडियम- कार्वन उत्सर्जन कम गर्ने पदार्थको रुपमा इन्जिनमा समेत प्रयोग गरिने यो तत्वको मूल्य प्रतिग्राम ४५ डलर पर्दछ । १६. सुन-  मूल्यका हिसाबले सुन विश्वको १६ औँ मूल्यवान पदार्थमा पर्दछ । गहना मात्र नभै अन्य विभिन्न विद्युतिय प्रयोजनमा समेत प्रयोग हुने सुनको मूल्य एक ग्रामको झण्डै ४० डलर पर्दछ । १७. इरानी बेलुगा काभियार- अल्मास समेत भनिने यो बहुमुल्य माछाको अण्डा हो । यी अण्डा निकै स्वादिष्ट मानेर खाइन्छ र यसको मूल्य प्रतिग्राम ३५ डलर पर्छ । १८. स्याफ्रोन- यो विश्वको सबैभन्दा महंगो फूल हो । औषधी निर्माणमा प्रयोग गरिने यो फूलको मूल्य प्रति ग्राम ११.१३ डलर पर्छ । १९. ह्वाइट ट्रफल्स- यो विश्वको सबैभन्दा महंगो च्याउ हो । यसको मूल्य एक ग्रामको ५ डलर पर्छ ।

http://www.onlinekhabar.com/2014/10/196113/#sthash.HwsfSZnw.dpuf

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.