पत्रकार जेम्स फोलिकोे हत्याको निन्दा





नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सन् २०१२ देखि सिरियाबाट हराइरहेका पत्रकार जेम्स फोलिको सन् २०१४ अगस्ट १९ गते हत्या गरिएको भिडियो सार्वजनिक भएपछि विश्व पत्रकारिताको ध्यान सिरियातर्फ केन्द्रित भएको जनाउनु भएको छ ।
      उहाँले यस्तो कहालीलाग्दो घटनाले विश्वका पत्रकार एवं लोकतन्त्रवादीहरुलाई अत्यन्तै चिन्तित र मर्माहत बनाएको छ । यस्तो बर्बरतापुर्ण घटनाको विरोधमा विश्वका भएको बताउनुभएको छ ।
      यो घटनाले निर्वाधरुपले समाचार संकलन र सम्प्रेषण गर्न पाउने पत्रकारहरुको मौलिक एवं संवैधानिक अधिकारमाथि कालो धब्बा लागेको छ । यस्तो मानवताविरोधी र प्रेस स्वतन्त्रताविरोधी जघन्य अपराधको जतिसुकै भत्र्सना र निन्दा गरे पनि अपुरै रहने विज्ञप्तिमा उल्लेख छ ।


0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.