आज २०७१ कार्तिक १० गते सोमबारको दैनिक राशिफल
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धन आर्जन हुनेछ। सन्तान प्राप्तिको योग छ। आफन्तको सहयोग मिल्नेछ। अध्ययनमा सुधार आउनेछ। मन चञ्चल रहनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मनमा उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। रमाइलो यात्रा हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। अनावश्यक खर्च बढ्न सक्छ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
अप्रिय समाचारले उदासीनता बढ्नेछ। बौद्धिक प्रतिस्पर्धा बढ्नेछ। वाणीमा मधुरता आउनेछ। आर्थिक सुधार हुनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विज्ञानको क्षेत्रमा रुचि बढ्नेछ। अनावश्यक शंकाका कारण आत्मीयतामा कमी आउनेछ। शारीरिक दुर्बलता बढ्न सक्छ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पराक्रम र उत्साह बढ्नेछ। कृषिकार्यमा सुधार आउनेछ। नवीन कार्य थालनीका लागि समय उचित छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
निर्णायक क्षमतामा कमी आउनेछ। रोजगारमा पदोन्नतिको समय रहेको छ। कार्य सम्पादनमा अवरोध उत्पन्न हुनेछ। शिरमा पीडा बढ्नेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनबाट सहयोग प्राप्त हुनेछ। शारीरिक सौन्दर्य वृद्धि हुनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक यात्रामा सफलता मिल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामाजिक क्षेत्रमा नेतृत्वको अवसर मिल्नेछ। साझेदारी कार्यमा सफलता प्राप्त हुनेछ। स्थानान्तरणको सम्भावना छ। यात्रामा सचेत रहनुहोला।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
खर्चमा वृद्धि हुनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। व्यापारमा सफलता मिल्नेछ। धर्ममा रुचि बढ्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
दाजुभाइको सहयोग प्राप्त हुनेछ। अध्ययनमा अवरोध हुनसक्छ। लेनदेनमा विवाद बढ्नेछ। रमाइलो यात्राको अवसर मिल्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कर्मप्रति निष्ठा बढ्नेछ। मनोरञ्जनमा समय बित्नेछ। व्यावसायका सम्भावना बढ्नेछन्। कफको समस्या बढ्नेछ। मनमा द्विविधा उत्पन्न हुनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मानप्रतिष्ठा बढ्ने छ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। अध्ययनमा प्रतिस्पर्धा बढ्नेछ। मुद्दामामिलामा विजय प्राप्त हुनेछ।
0 comments
Write Down Your Responses