सीमा क्षेत्रका बासिन्दा चोरको भयले रातभर जाग्राम बस्न बाध्य

स्थानीय प्रशासनले शान्तिसुरक्षाको अवस्था मजबुत रहेको दाबी गरेको बेला सुनसरीको सीमावर्ती क्षेत्रका बासिन्दाले आफू रातभर चोरको त्रासका कारण जाग्राम बस्न बाध्य भएको गुनासो गरेका छन् ।

गाउँमा चोरीको घटना बढेकाले रातभर जाग्राम बस्न बाध्य भएको स्थानीय उपेन्द्र मेहताले गुनासो गर्नुभयो । प्रहरीको चौकी र कार्यालय रहेको क्षेत्रमा समेत चोरीको घटना भएकाले आफूहरू रातभर चोरको त्रासले जाग्राम बस्न बाध्य भएको अर्का स्थानीय विवेक मेहताले बताए ।

जिल्लाको सीमावर्ती घुस्की, साहेवगन्ज र कप्तानगन्ज गाविसका स्थानीय बासिन्दाले प्रहरी भएर पनि सुरक्षा नभएको भन्दै रातभर आफैँ जाग्राम बसी गाईवस्तुको सुरक्षा गर्न थालेका हुन् ।

सीमा क्षेत्रमा नेपाल प्रहरीको कार्यालय तथा चौकी दुई किलोमिटरको दूरीमा छ भने सशस्त्र प्रहरीको सीमा सुरक्षा बेस क्याम्पसमेत नजिकै भए पनि उनीहरूले चोरी नियन्त्रणमा त्यति ध्यान नदिएकाले आफूहरू रातभर जाग्राम बस्न बाध्य भएको स्थानीय सीता मेहताले गुनासो पोख्नुभयो ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.