हथौडाले हिर्काएर हत्या गरी आमाको शबमाथि बलात्कार गर्नेलाई जन्मकैद
अमेरिकाको टेक्सासका ती १८ वर्षीय किशोरले यस्तो पाशबिक अपराध गरेबापत उक्त सजाय पाएका हुन् । केभिन जाजरेल डेभिस नाम गरेका ती किशोरले आफूले आमालाई २० पटक भन्दा बढी हथौडाले हानी हत्या गरेर आफ्नो कौमार्य भंग गरेको स्वीकार गरेका छन् ।
गत मार्च २६ मा आफ्नी आमा किम्बर्ली हिलमाथि यस्तो आपराधिक कार्य गर्ने उनलाई अदालतले बुधबार जन्मकैदको सजाय सुनाएको हो । उनले अदालतसमक्ष आफ्नो अपराध स्वीकार गरेका थिए ।
उनको मानसिक अवस्थाको जाँच गरिएपनि उनले आफू मानसिक रुपमा ठीक रहेको र होसमै यस्तो काम गरेको बताएका छन्
0 comments
Write Down Your Responses