बाबुराम भट्टराई न्यायाधीशहरुसँग छलफल गर्दै
९ कात्तिक, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयमा सहमति जुटाउन विभिन्न चरणमा छलफल सुरु गर्ने भएको छ । आइतबार बिहान न्यायाधीशहरुसँग छलफल गर्ने कार्ययोजना समितिले तयार पारेको छ । समितिका सभापति बाबुराम भट्टराईको पहलमा बिहान न्यायाधीशहरुसँग सिंहदरबारमा छलफल हुनेछ । त्यस्तै आजै साढे १० बजे पछि समितिले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने कार्ययोजना तय गरिएको छ ।
निर्वाचन आयोगका पधादिकारीहरुसँग निर्वाचन प्रणालीका बारेमा छलफल हुनेछ । त्यस्तै आजै दिउँसो एमाओवादी र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल हुनेछ । दुई दलबीचको छलफललाई संविधानका विवादित विषयमा सहमति जुटाउने पहल स्वरुप रुपमा आह्वान गरिएको हो । एमाओवादी र एमालेको बैठकपछि आजै एमाओवादी र नेपाली कांग्रेसबीच पनि छलफल हुनेछ । छलफलका लागि बेलुका पाँच बजेको समय तय गरिएको छ । आज दुई दलबीच छलफल गरी सोमबार संयुक्त छलफल गर्ने समिति सभापति भट्टराईले जानकारी दिए । संवाद समितिलाई संविधानका विवादित विषयमा सहमति जुटाउन आगामी कात्तिक १५ गतेसम्मको समयसीमा दिइएको छ ।
http://www.onlinekhabar.com
0 comments
Write Down Your Responses