आज साँझ हङकङमा इन्फा अवार्ड हुँदै, कलाकारको भब्य स्वागत





गोपाल दाहाल/श्रीधर पौडेल
हङकङ । इन्टरनेसनल नेपाल फिल्म एकेडेमी (इन्फा) अवार्डकालागि नेपाली कलाकारहरु शनिबार बेलुका


हङकङ आईपुगेका छन् ।
इन्फा अवार्ड हङकङको युएन लङ थिएटर हलमा आइतबार साँझ हुँदैछ । कलाकारहरुलाई सहआयोजक नेपाल क्लब हङकङकी अध्यक्ष रिता गुरुङ र हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगरले विमानस्थलमा स्वागत गरे ।

इन्फाले पहिलोपटक गर्न लागेको अवार्ड समारोहमा सहभागी हुन शिव श्रेष्ठ, भुवन केसी, उद्धव पौडेल, गौरी मल्ल, विजय लामा, राजेन्द्र खड्गी, दिपक श्रेष्ठ, सुरज सुब्बा नाल्बो, दिपाश्री निरौला, नन्दिता केसी, नम्रता श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, जीतु नेपाल, केकी अधिकारी,बाबु बोगटी, सिताराम कटेल, कुञ्जना घिमिरे, निशा अधिकारी, पि्रयंका कार्की, सुरजसिंह ठकुरी, रिमा विश्वकर्मा, मलिना जोशी, अर्जुन कार्की, माला सुब्बा, अविनास गुरुङ, अनुपविक्रम शाही, निलुडोमा शेर्पा, कविराज गहतराज, रञ्जीता लिम्बु लगायत हङकङ आईपुगेका हुन् ।



उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा २५ विधातर्फ  अवार्ड वितरण गरिने आयोजक इन्फाका अध्यक्ष तथा फिल्म निर्देशक दीपक श्रेष्ठले जानकारी दिए ।


http://www.onlinekhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.