लोग्ने मान्छेको धमाधम छायाङ्कन
निर्माताले नारी प्रधान चलचित्र रहेको भनेपनि चलचित्रको नाम भनेलोग्ने मान्छे जुराइएको छ । चलचित्र अहिले पूर्वमा धमाधम छायाङ्कन भइरहेको छ । विहिवार झापाको लखनपुर एक स्थित नुमना चौक उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा एउटा गितको छायाङ्कन भएको छ ।
सयौ टेलि चलचित्रको लेखन निर्देशन गर्नु भएका टेली चलचित्रका सम्राट भनेर चिनिनुभएका निर्माता निर्देशक लय सग्रौलाकै कथा लेखन रहेको चलचित्रमा निर्देशन पनि उहाले गर्दै हुनुहुन्छ । त्यस्तै चलचित्रमा दीलिप राजमाझी नायकको भुमिकामा हुनुहुन्छ भने नन्दिता केसीले नायिकको भुमिका निभाउनु भएको छ । त्यस्तै चलचित्रमा अनिता गुरुङले समेत सह नायिकाको भुमिका निभाउनु भएको छ । झापाको वितामोड निवासी युवा व्यवसायी प्रदिप मित्तल चलचित्रको निर्माता रहनु भएको निर्देशक संग्रौलले जानकारी दिनु भयो ।
कुल ५० लाखको लगानीमा निर्माण भइरहेको चलचित्र श्रीमान श्रीमति विचको पारिवारिक सम्वन्धलाई जोडिएको छ । चारवटा गित समेटिएको चलचित्रका सवै गित निर्देशकले नै लेख्नु भएको हो भने यि गितमा चेतन सापकोटाले सगित गर्नु भएको छ ।
मैले सानो पर्दाका धेरै चलचित्रमा काम गरेको थिए । तर ठुलो पर्दाको चलचित्र निर्देशन गरेको यो दोश्रो चलचित्र हो निर्देशक सग्रौला वताउनु हुन्छ । यस अघि उहाले चिनारी चलचित्रमा पहिलो पटक निर्देशन गर्नु भएको थियो । सानो पर्दाको चलचित्र र ठुलो पर्दाको चलचित्रको निर्माणमा भएको अनुभवन उहाले यसरी परिभषा गर्नु हुन्छ । म तपाई घरको कोठाकोठामा आउछु हेर्नुहोस्, सानो पर्दाको चलचित्रले भन्ने गर्छ । म यहा आएको छु, पैसा तिरेर मलाई हेर्न आउ ठुलो पर्दाको चलचित्रले भन्ने गर्दछ । त्ससैले ठुलोपर्दाको चलचित्रमा धेरै मेहनेत गर्नु पर्छ निर्देशक सग्रौलाको अनुभव छ ।
लगभग एक महिना देखि पूर्वका विभिन्न स्थानमा छायाङ्कनको काम भइरहेको छ । गत २२ गते देखी झापावाट सुरु गरिएको चलचित्र अव १५ दिन भित्रमा सम्पुर्ण छायाङ्कन सक्ने निर्देशकले जानकारी दिनु भयो । चलचित्र माघमा प्रर्दशनमा आउने जानकारी दिनु भयो ।
0 comments
Write Down Your Responses