रियल मड्रिडलाई हराउँदै एथ्लेटिले उपाधि जित्यो

चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै एल्थेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
पहिलो लेगमा १–१ को बराबरी खेलेको एल्थेटिको मड्रिडले शुक्रबार राति भएको खेलमा १–० को जित हात पा¥यो ।

घरेलु मैदानमा भएको खेलमा एल्थेटिको मड्रिडले दोस्रो मिनेटमा नै मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो । एल्थेटिको मड्रिडका राहुल गार्सियाले राम्रो मौका खेल फाले ।
जेम्स रोड्रिग्वेजले गोल गर्ने दुई सुन्दर मौका खेल फालेका थिए । ४६ औं मिनेटमा टोनी क्रुजको स्थानमा क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरे ।
५५ औं मिनेटमा रोड्रिग्वेजलाई इस्कोले रिप्लेस गरे । करिम बेन्जिमा र ग्यारेथ बेलले ९० मिनेट नै खेले तर, रियल मड्रिड गोल गर्न असफल भयो ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.