मोदीले भने फिल्मले पुलिसलाई विगार्‍यो

एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउडका चलचित्रले भारतीय प्रहरीको छवि नै विगारेको आरोप लगाएका छन् । आइतबार गुवाहाटीमा आयोजित पुलिसका महानिर्देशकहरुको सम्मेलनमा मोदीले यस्तो बताएका हुन् ।


भारतीय चलचित्रले पुलिसको विषयमा नकारात्मक छवि निर्माण गरिदिएको र जनमानसमा पुलिसलाई खराव संस्थाकोरुपमा चिनाएको आरोप मोदीले लगाए ।
पुलिसका राम्रा पक्षलाई उजागर गर्नका लागि फिल्म निर्मातासँग भेट्ने समेत मोदीले बताएका छन् ।
बलिउड अधिकाँश चलचित्रले भारतीय पुलिसले बर्दिमा खलनायकको भूमिका खेलेको देखाउने गरेको उनको भनाइ छ । पुलिसका राम्रा पक्ष फिल्मले उजागर गर्न नसकेको उनको भनाइ छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.