७६ रुपैयाँमा खरिद गरेको टि–सर्टको बिक्रीमूल्य बिशाल बजारमा १ हजार

राजधानीको न्युरोडस्थित पुरानो किनमेल केन्द्र विशालबजारका पसलमा व्यवसायीले अत्यधिक मुनाफा राखेर वस्तु तथा सेवाको बिक्री गर्दै आएको खुलेको छ । वाणिज्य विभागले एक सातामा दुईपटक अनुगमन गर्दा विशालबजारका पसल सञ्चालकमा कानुनले तोकेभन्दा बढी नाफाखोरी प्रवृत्ति देखिएको खुलेको हो । २० प्रतिशतभन्दा बढी नाफा खाए कालोबजारी ऐनमा कसुरदार ठहर गरी bishal-bazzar-rate-listकारबाही गर्ने  व्यवस्था छ ।   विभागका निरीक्षक हेरम्बराज पोखरेल नेतृत्वको टोलीले आइतबार दिउँसो विशालबजारका चार पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसायीले ७६ रुपैयाँमा खरिद गरेको टि–सर्टको बिक्रीमूल्य १ हजार रुपैयाँ राखेको भेटिएको थियो । अनुगमन टोलीमा संलग्न उपभोक्ता अधिकारकर्मी नवराज थापाले विशालबजारका पसलमा उपभोक्ता अत्यधिक ठगिएको बताए ।   ‘विशालबजारमा आइतबार अनुगमन गर्दा उपभोक्ता अत्यधिक ठगिने गरेको भेटियो,’ उनले भने, ‘पसल सञ्चालकले ७६ रुपैयाँमा खरिद गरेको टि–सर्ट १ हजार रुपैयाँमा उपभोक्तालाई बेच्ने गरेका रहेछन् ।’   सबै पसलमा पसलले खरिद गरेको मूल्य र उसले तोकेको उपभोक्ता मूल्यमा ठूलो अन्तर फेला परेको थापाले जानकारी दिए । ‘ठूला सपिङ कम्प्लेक्सले उपभोक्तालाई ठगेको देख्दा उपभोक्ता अधिकारको अवस्था नाजुक रहेको पुष्टि हुन्छ,’ उनले भने ।   विशालबजारमा अनुगमन गरी व्यवसायीको नाफाखोरी प्रवृत्ति टोलीले पत्ता लगाउन थालेपछि व्यवसायीले अवरोध गरेका थिए । थापाका अनुसार १ घन्टा अनुगमन भइसकेपछि करिब ४५ जना व्यवसायी भेला भएर अनुगमनमा बाधा पुर्‍याएको खबर आजको नयाँ पत्रिकाले छापेको छ  । - See more at: http://nepaliheadlines.com/2014-09-22-03-12-25.html#sthash.7SVMAlH4.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.