अमेरिकी अभिनेता रबिन विलियम्स् मृत अवस्थामा भेटिए

अमेरिकी अभिनेता रबिन विलियम्स् मृत अवस्थामा भेटिएका छन् । क्यालिफोर्नियाको प्रहरीले आपातकालीन सन्देश पाएपछि विलियम्स्को घर पुग्दा उनी मृत अवस्थामा भेटिएका थिए ।


६३ वर्षीय विलियम्स्को निधन स्वभाविक नभइ आत्महत्या हुनसक्ने भन्दै जाँच सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । विलियम्स्की पत्नी सुजैन स्नाइडरले उनी विचलित अवस्थामा रहेको बताइएकी छन् ।

केही समययता उनमा लागूपदार्थ र मदिरा सेवनको लत बसेको जनाइएको छ । उनलाई सुधार केन्द्रमा समेत राखिएको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विलियमसका ‘गुड मर्निङ भियतनाम’, ‘डेड पोयट्स सोसाइटी’ जस्ता चलचित्र प्रसिद्ध छन् । उनले ‘गुड विल हन्टिङ’ चलचित्रबाट अस्कर पुरस्कार पाएका थिए ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.