गायक सरोजगोपालको निधन

 गायक तथा संगीतकार सरोजगोपाल बज्राचार्यको ६५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित बज्राचार्यको पोखरास्थित आफ्नै निवासमा निधन भएको हो ।


नेपाली सांगीतिक क्षेत्रमा राम्रो उचाइ बनाएका बज्रचार्यका ‘देउराली उकाली चढेर’, ‘नक्कलीलाई भगाइ लग्यो झिल्केले’, ‘करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल’ लगायतका गीतहरु चर्चित छन् ।

नगर विकास प्रशिक्षण केन्द्रमा लामो समय जागिरे जीवन बिताएका उनले २०४७ सालताका अवकास लिएका थिए । त्यसपछि बज्राचार्यले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रशारण केन्द्रमा लामो समय कार्यक्रम प्रमुखको रुपमा काम गरेका थिए ।

उनको आजै पोखरास्थित गाइघाटमा अन्तिम संस्कार गरिएको छ । बज्रचार्यका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.