मनिषाको पछुतो, ‘म गलत मानिसको प्रेममा परें’


manisha koirala speech about her life





अभिनेत्री मनिषा कोइरालाले आफ्ना पुर्व प्रेमी र पतीको संगतप्रति पछुताएकी छिन् । भारतको सिमान्धारामा रहेको ओननेस विश्वविद्यालयमा आफ्नो ४४ औं जन्मदिन मनाउने क्रममा मनिषाले यस्तो भनाई सार्वजनिक गरेकी हुन् ।
मनिषाले भनेकी छिन्, ‘म जहिल्यै पनि गलत मानिसँग प्रेममा परें र पिडा दिएर ती सम्बन्ध अन्त्य भए । तर प्रेमबाट म कहिले पनि दिग्भ्रमित भइन् । म अहिले पनि प्रेमको खोजीमा छु र निपूर्ण सम्बन्ध कायम होस् भन्ने चाहान्छु ।’ पाठेघरको क्यान्सरलाई जितेर सामान्य जिवनमा फर्कन सफल मनिषाले बिहेको योजना भने तत्काल नभएको बताएकी छिन् । बरु उनले धर्मपुत्री पाल्ने आफ्नो आगामी योजनालाई सार्वजनिक गरेकी छिन् ।
नेपाली चेली मनिषाले भनेकी छिन्, ‘हो मैंले धर्मपुत्री पाल्ने योजना बनाएको छु ।’ उनले थपिन्, ‘म अब मेरै तरिकाले पारिवारीक जिवन सुरु गर्दैछु ।’ मनिषालाई डाक्टरले क्यान्सर मुक्त भएको तीन वर्षसम्म धर्म सन्तान नराख्न सल्लाह दिएका छन् ।
चर्चित दिवंगत बलिउड अभिनेत्री मीनाकुमारीको जिवनीमा आधारित फिल्म मीनाकुमारी को शिर्ष भूमिकामा देखिदै गरेकी मनिषाले बाँकी जिवन राम्रा राम्रा काम गरेर बिताउने आफ्नो योजना रहेको सुनाइन् । मनिषाले अन्त्यमा भनेकी छिन्, ‘कुनै दिन उपयुक्त जिवन साथी पनि भेटिएला तर अहिले म धर्मपुत्रीलाई घरमा ल्याउन आतुर छु ।’

















newspage3

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.