इबोला भाइरसको संक्रमण -कफ्र्यू

इबोला भाइरसको संक्रमणसँग जुधिरहेको लाइबेरियाको राजधानी मोनरोवियामा रातको समयमा कफ्र्यू लगाइएको छ ।  लाइबेरियाका राष्ट्रपति एलेन जोन्सन सिर्लिफले सरकारले गरेको अथक प्रयासका बाबजुत

इबोला नियन्त्रण गर्न नसकिएको भन्दै घना बस्ती भएका क्षेत्रहरुमा कफ्र्यूको आदेश जारी गरेका हुन् ।

सहरका झुपड बस्तीहरुमा क्वारेन्टाइनको व्यवस्था गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ती क्षेत्रहरुबाट इबोला फैलन सक्ने आशंकामा सरकारले यस्तो प्रयास गरेको बताइएको छ ।

पश्चिम अफ्रिकामा इबोलाको संक्रमणका कारण १२ सय २९ जनाको मृत्यु भैसकेको छ । गिनीबाट सुरु भएको संक्रमण लाइबेरिया, सियरालियोन र नाइजेरियासम्म फैलिएको छ ।

पछिल्लो तथ्यांकअनुसार लाइबेरियामा इबोलका कारण ४ सय ६६ जनाको मृत्यु भएको छ भने ८ सय ३४ संक्रमित छन्

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.