हङकङमा राई इज किङ वीसौं पटक, मेलोडी साँझ सम्पन्न

ग्रामिण क्षेत्रका गरिब तथा असाहय वालवालिकाको लागि शैक्षिक साम्रगी, लता कपडा, आर्थिक सहयोग – आगलागी तथा बाडीपहिरो पिडीत लगायत आपत विपत पर्दै आएकाहरुको लागि राहात वितरण गर्दै आएको ह्युमन नेचर फाउण्डेशनले याउमातेई स्थित कम्युनिटि हलमा आइतवार साँझ “मेलाडी साँझ” कार्यक्रम सम्पन्न गरेको छ ।

राई इज किङको नामले चिनिने राजेश पायल राइले “मेलोडि साँझ” कार्यक्रम संगैं हङकङमा वीसौं पटक कार्यक्रम गरिसकेका छन् । राइले आफ्नो पारिश्रमिक बाट आएको रकमको रु. ५० हजार “ह्युमन नेचर फाउण्डेशन”लाई दिने घोषणा गरेका छन् । आधा दर्जन जति गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका राइ इज किङले गीत गाउन भन्दा अगाडी नै उक्त घोषणा गरेका हुन् ।
सांगीतिक क्षेत्रका कलाकारहरु मिलेर गठन गरेको एक परोपकारी सस्था “ह्युमन नेचर फाउण्डेशन नेपाल”को हङकङ साखाले आयोजना गरेको उक्त कार्यक्रममा सस्थाले – गरिब बालवालिका र असाहय, पिडीतहरुलाई विभिन्न खालको सहयोग पुर्याउदै आएको– फाउण्डेशनको अध्यक्ष अविनाश घिसिङले वताए । अध्यक्ष घिसिङले कलकते काइयो, चम्पा तम्रो याद बोकी सहर तिर आया, लगायतका आधा दर्जन गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
मेलोडी साँझको लागि आएका अर्का कलाकार सुरेश कुमारले आउ अव मेरो अंगालोमा, प्रिय तिम्रो संझना, तिमि संग वसेर लगायत झण्डै आधा दर्जन गीत गाएका थिए भने उनिहरुसंगै आएका अर्का गायक भरत सिटौलाले आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुलाई झुम्याएका थिए ।
अन्तिम समयमा – भेटैमा भयो सोल्टिनी ज्यू, फेरी फेरी नाइ नभन्नु ल, दिक्तेल बजार लगायत आधा दर्जन भन्दा धेरै गीत गाउन भ्याएका राइ इज किङले दर्शकहरुलाइ आफ्नो गीत सुनाउने रहर नपुगेको वताउदै कार्यक्रमको अन्तिममा विदा मागेका थिए ।
फाउण्डेशनको मेलोडी साँझमा हङकङका स्थानिय कलाकार इन्द्रदेव राई, बिनोद मेखु, भरत सिटौला, गणेश नेउपाने, राज तामाङ लगायतका कलाकारहरुले आ–आफ्नो गीत दर्शकलाई सुनाएका थिए ।
हङकङको अर्का स्थानिय नृत्यकार क्रिश्टिनाले “मै मोरीलाई लिन प्रदेशी आउछ रे” लगायतका गीतहरुमा उत्कृष्ठ नृत्य प्रदशन गरेका थिए भने “वानसट” ग्रुपले अन्य आकर्शक नृत्य प्रस्तुत गरि बेग्लै किशिमको मनोरञ्जन दिलाएका थिए ।
“ह्युमन नेचर फाउण्डेशन नेपाल”को हङकङ साखाले आयोजना गरेको “मेलोडी साँझ” कार्यक्रममा संघसस्थाको अध्यक्ष तथा प्रतिनिधीहरुलाई आसनग्रहण नगराई तोकिएकै समय देखि प्रदिप माल्बुलले कार्यक्रम सुरु गरेका थिए ।
सांगीतिक क्षेत्रका ११ जना कलाकार मिलेर वनाएको “ह्युमन नेचर फाउण्डेशन नेपाल” हङकङको संयोजक अन्तिम राई लगायत प्रदिप माल्बुल, राज तामाङ, बिनोद मेखु, गणेश न्यौपाने, ईन्द्रदेव राई, श्याम गुरुङ, रित कुमार, निकास राई, शन्तोष राई र नवराज गुरूङ मञ्चमा निस्केर कार्यक्रम उदघाटन भएको थियो ।


, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.