नाच्दा नाच्दै कपडा खोलेर नाङ्गै हुने ३ महिला कलाकारलाई प्रहरी द्वारा रङ्गे हात पक्राउ

अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले गएराति सप्तरीको जमुनी मधेपुरा गाविसबाट तीन महिला कलाकारलाई पक्राउ गरेको छ । जमुनी मधेपुरा गाविसमा गएराति आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले ती कलाकारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजना महिलालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरूमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिए । पक्राउ परेकाहरूको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन

, , , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.