३६ वर्षपछि महिलाको पेटबाट निकालियो नजन्मेको बच्चाको कंकाल

भारतको नागपुर जिल्लामा बस्ने एक महिलाको पेटबाट ३६ वर्ष पुरानो नजन्मेको बच्चाको अवशेष पाइएको छ । ६० वर्षकी कान्ताबाई गुनवन्त नाम भएकी महिलाको पेटमा विगत ३६ वर्षदेखि उनको बच्चाको कंकाल रहेको पुष्टि भएको छ । उक्त कंकाललाई डाक्टरहरुको एक समूहले शल्यक्रिया गरेर निकालेका छन् । नागपुरमा अवस्थित एनकेपी साल्वे इन्स्टिच्युट अफ मेडिकल साइन्स र लता मंगेस्कर हस्पिटलका डाक्टरहरुले पछिल्लो हप्ता कान्ताबाईको पेटबाट बच्चाको कंकाल निकालेका हुन् । विगत दुई महिनादेखि उनले आफ्नो पेटमा निकै पिडा भएका कारण अस्पतालमा उपचारका लागि आएकी थिइन् । उपचारको क्रममा डाक्टरहरुले पेटको दायाँ भागको तल्लो भागमा गाँठो भएको पत्ता लगाए जसलाई डाक्टरहरुले क्यान्सर भएको आशंका गरेका थिए । एमआरआई पछि उक्त गाँठो उनको नजन्मेको बच्चाको कंकाल भएको पत्ता लाग्यो । यो अहिलेसम्मको सबैभन्दा पुरानो अवशेष हो जुन महिलाको शरिरमा पाइएको छ । यसलाई एक्टोपिक प्रेगनेन्सी भनिन्छ जसमा भ्रुण कोखभन्दा बाहिर विकसित हुने गर्दछ

, , , , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.