इजरायल जान पैसा नलाग्ने

 बैदेशिक रोजगारीकालागि आकर्षक गन्तव्य मुलुक दक्षिण कोरीया पछि अहिले सरकारको ध्यान इजरायलतिर पनि तानिएको छ ।

विगत लामो सकयदेखि युद्धमा होमिएको इजरायलमा अझै पनि नेपाली कामदार उल्लेख्य मात्रामा रहेका कारण त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा एवं थप व्यवस्थापनका लागि अहिले सरकारको ध्यान पनि उतैतिर तानिएको छ ।
विगत केहि समय अघि घरेलु कामदार पठाउने कार्यमा प्रतिबन्ध लगाइएको इजरायलमा अहिले केयर गिभर (वृद्धवृद्धालाई हेरचाह गर्ने) काममा यहाँबाट महिलाहरु घरेलु कामदारका रुपमा जाने गरेका छन् ।
त्यसैगरी पुरुष कामदार पनि अत्याधुनीक र व्यवस्थित कृषि फर्ममा काम गर्नकालागि इजरायल जाने गरेका छन् । अब नेपाल सरकारले कोरियामा जस्तै सरकारी स्तरबाटै कामदार पठाउने योजना बनाएको बैदशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक जगन्नाथ देबकोटाले इजरायलमा काम गर्न जानेहरुले माटो रकम बुझाउनुपर्ने बाध्यताको अन्त्य गर्नकालागि सरकारले यस्तो प्रयास थालेको हो । आजको राजधानीमा समाचार छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.