भारतीय अभिनेता अनुपम खेर काठमाडौंमा

भारतीय अभिनेता अनुपम खेर बिहीबार  काठमाडौं आएका छन् । खेरले आफू काठमाडौंमा आइपुगेको जानकारी आफ्नो ट्वीटरमार्फत् दिएका थिए ।


काठमाडौं आइपुगेपछि ट्वीट गर्दै उनले यहाँ आउन पाउँदा खुशी व्यक्त गरेका छन् । अभिनेता खेर आजै काठमाडौंको शान्तिनगरस्थित कोसेली फाउन्डेसनमा पुगेर त्यहाँका बालबालिकासँग भेट गरेका छन् । खेरले बालबालिकासँग उक्त भेटको फोटो समेत ट्वीटरमा पोस्ट गरेका छन् ।

खेर शुक्रबार आर्मी अफिसर्स क्लबमा हुने आफ्नै जीवनीमा आधारित नाटक ‘कुछ भी हो सकता हे’को मञ्चनका लागि काठमाडौं आएका हुन् । खेरले यही शीर्षकमा भारतीय टेलिभिजन ‘कलर्स’मा एक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेका छन् ।

बलिउडका निर्माता, निर्देशक समेत रहेका खेरको एकल प्रस्तुति रहने नाटक कोसेली फाउन्डेसनको सहयोगार्थ हुन लागेको बुझिएको छ ।

खेरको यो नाटक यसअघि भारतमा मञ्चन भइसकेको छ । खेर काठमाडौंमा रहँदा पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.