सुनकोशी पीडितलाई राष्ट्रिय पौडी खेलाडी शिरिषको एक लाख बराबरको सहयोग |

  सिन्धुपाल्चोकको मांखा गाविसमा गएको पहिरोबाट प्रभावितहरुलाई राष्ट्रिय पौडी खेलाडी शिरिष गुरुङले एक लाख रुपैयाँ बराबरको राहत सहयोग प्रदान गरेका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीलाई आज खेलाडी गुरुङले १० हजार नगदसहितको राहत सामाग्री हस्तान्तरण गरेका हुन् । राहत सामाग्रीमा ५० ओटा कम्बलसहित लत्ताकपडा तथा खानेकुरा रहेको छ ।

हालै युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा पुरस्कारबापत १ लाख रुपैयाँ पाएका गुरुङले पुरस्कारबापतको सबै रकम सहयोग गरेका हुन् । उनको राहत कार्यक्रमलाई नेपाल पौडी संघले समेत सहयोग गरेको थियो ।

पौडी खेलाडी गुरुङले हालसम्म पुरस्कार बापत पाएको सबै रकम सामाजिक सेवामा प्रदान गर्दै आएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.