कान नसुन्ने तथा बोल्न नसक्ने जापानी मोटरसाइकल यात्री नेपाल आइपुगे -.

मोटरसाइकलबाट विश्व भ्रमणमा निस्केका कान पनि नसुन्ने र बोल्न पनि नसक्ने ६४ वर्षीय जापानी नागरिक कोहिद हाकामादा नेपाल आइपुगेका छन् । उनलाई नेपाल बहिरा तथा लाटा साँस्कृतिक संघले आज एक कार्यक्रम गरी सम्मानित गर्‍यो ।


कोरिया, रुस, अल्बानिया, फ्रान्स, स्पेन, भारत र खाडीमुलक हुँदै उनी नेपाल आइपुगेका हुन् । उनले हालसम्म ८४ मुुलुकको भ्रमण गरिसकेका छन् । आफूसँग सवारी अनुमतिपत्र नहुँदा विभिन्न समस्या परेको भन्दै उनले लाटा र बहिरालाई पनि सवारी अनुमतिपत्र दिनुपर्ने माग गरे ।

बहिरा र लाटोको श्रवण शक्ति र आवाज शून्य हुने भएकाले सवारी दुर्घटना हुने भएको भन्दै ट्राफिकले सवारी अनुमतिपत्र नदिएर विभेद गरेको आरोप लगाए ।

कार्यक्रममा नेपाल बहिरा तथा लाटा साँस्कृतिक संघले आफूहरुलाई सवारी अनुमति नदिएको गुनासो गरेका थिए ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.