नेपालमा अवैध भीओआइपी सञ्चालन गर्दै आएका २४ बंगलादेशी पक्राउ’ |

 नेपालमा अवैध तरिकाले भीओआइपी सञ्चालन गर्दै आएका २४ जना बंगलादेशीहरुलाई पक्राउ गरिएको

प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले आज पत्रकार सम्मेलन गरी अवैध रुपमा भीओआइपी सञ्चालन गर्ने २४ जना बंगलादेशीहरुलाई पक्राउ गरिएको जनाएको हो ।

भीओआइपी सञ्चालन गर्ने ६ जना भारतीय र तीनजना चिनियाँ पनि पक्राउ गरेको प्रहरीले बताएको छ । भीओआइपी सञ्चालन गरेको अभियोगमा हालसम्म देशका विभिन्न ६७ स्थानबाट स्वदेशी ९३ र विदेशी ३३ जना गरी १ सय २६ जनालाई पक्राउ गरिएको पनि प्रहरीले बताएको छ । उनीहरुबाट १२ अर्ब ३९ करोडभन्दा बढी बिगो माग दाबी गरी मुद्दा दायर गरिएको पनि जनाइएको छ ।

यसैबीच, चण्डोल र खुसीबुबाट भीओआइपी सञ्चालन गर्ने बंगलादेशीहरु एकेएम फजली, महोमद हसलइकवाल र नायनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।














samachar

, , , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.