मनिषा दोस्रो बिहे गर्दै
आफूभन्दा कान्छो युवा सम्राट दाहालसँगको वैवाहिक जीवन १ वर्ष पुग्दानपुग्दै असमझदारीका कारण टुङ्गिएपछि नेपाली चेली तथा बलिउड नायिका मनिषा कोइरालाले फेरि बिहे गलिएन् या नगर्लिन् ?
इण्डिया टुडेको समाचारलाई केलाउने हो भने मनिषाले फेरि बिहे गर्ने संकेत मिलेको छ । इन्डिया टुडेका अनुसार मनिषाले सिमान्धरा विश्वविद्यालयमा प्रवचन दिने क्रममा आफूले दोस्रो बिहे गर्न सक्ने संकेत गरेकी छिन् । आइतबार मात्र ४४ वर्ष पुरा गरेकी मनिषाले प्रवचनका क्रममा भनेकी थिइन् – ‘एक दिन न एक दिन लायकको जीवनसाथी पाउँला नि ?’ पाठेघर क्यान्सरबाट हालै मात्र तङ्ग्रिएकी उनले प्रवचनका क्रममा भनेकी थिइन् – ‘जीवनका प्रत्येक पलसँग सहिष्णु हुन लागेकी छु । तनावरहित जीवन बाँच्ने र केही राम्रो काम गर्ने सोच बनाएकी छु । हुनसक्छ एक दिन सोचेजस्तो जीवनसाथी पाउन सक्नेछु ।’ प्रवचनकै क्रममा मनिषाले एक बच्चालाई काखमा लिने खुलासा पनि गरेकी छिन् । ‘एउटा बालिकालाई एडप्ट गर्ने निर्णय पनि गरेकी छु’ मनिषाले भनेकि छिन् । मनिषा चााडै नै बलिउड फिल्म नगरीमा पनि पुनरागमन गर्ने तयारीमा छिन् । यो समाचार नेपाल समाचार पत्रबाट लिइएको हो
0 comments
Write Down Your Responses